मध्यपश्चिममा नेकपाको अभियान घनीभूत

दाङ :  नेपाल कम्युनिस्ट पार्टीले भदौ १ गते सुरु गरेको ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान’ राप्ती र भेरीमा भव्यरुपमा चलिरहेको छ । अभियान राप्तीका दाङ, रोल्पा, रुकुम, सल्यान त्यस्तै भेरीका सुर्खेत, बाँके, बर्दिया लगायत विभिन्न जिल्लाहरुमा जनताको व्यापक सहभागितामा चलिरहेको छ ।

अभियानका क्रममा सुर्खेतमा माके एमाले पार्टी परित्याग गरि मंगलबार १७ जना युवाहरु नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपाका नेताहरुले स्वागत गरेका छन् ।

सुर्खेत १ नं. कमाण्डमा महेशको नेतृत्वमा अभियानमा चलिरहेको छ । हत्या, हिंसा, भ्रष्टाचार, बेरोजगारी, महङ्गी कर वृद्धिले आक्रान्त रहेका जनताहरु नेकपाको अभियानमा उत्साहपूर्वक सहभागी भएका छन् । जनताहरुले देशमा एकीकृत जनक्रान्तिको खाँचो रहेको समेत बताएका छन् ।
२०७५ भदौ २० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :