नेकपाका प्रवक्ता प्रकाण्ड अदालत परिसरबाटै पुन: गिरफ्तार

 

भोजपुर : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलार्इ  सरकारले पाचाैँ पटक गिरफ्तार गरेकाे छ । प्रकाण्डलाई बुधबार भोजपुर जिल्ला अदालतले ६० हजार धरौटीमा  रिहा गर्न आदेश दिए पनि प्रहरीले उनलार्इ अदालत परिसरबाटै पुन: गिरफ्तार गरेकाे हाे ।  सर्वाेच्चलगायत विभिन्न झूट्टा मुद्दा लगाउँदै  अदालत परिसरबाटै गिरफ्तार गर्ने गरेकाे छ । नेता प्रकाण्डलाई अदालतपरिसरबाटै गिरफ्तार गरि दाङ लैजाने तयारी भइरहेको स्रोतको दाबि छ ।

हालसम्म नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू पदम राई, उमा भुजेल, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरू किरण रार्इ, दिपेश रार्इ, टेकबहादुर केसी, असल खड्का, देवनाराण शाहलगायत सयौं  नेता-कार्यकर्ता प्रहरी हिरासतमा रहेका छन् ।प्रकाण्ड लगायत नेकपाका नेताहरूलाई सर्वोच्च अदालतले पटक–पटक रिहा गर्न आदेश दिएपनि प्रहरीले बिनाकारण गिरफ्तार गर्दै आएको छ । प्रकाण्डलाई माेरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा मंगलबार राती सवा ११ बजे भोजपुर पु¥याइएको थियो । उनलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्दा लगाइएको छ ।

२०७५ भदौ २० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :