दाङका दर्जनौं ठाउँमा शक्तिशाली बम बिस्फोट

दाङ : दाङका दर्जनौं ठाउँमा शक्तिशाली बम बिस्फोट भएको छ । गएरातीदेखि अहिलेसम्म मतदान आसपास दर्जनौं ठाउँमा बम बिस्फोट भएका छन् । तुलसीपुर उप–महानपा स्थित दमारगाउँ, अम्बास, दोघरे, घोराही उप–महानपास्थित गैह्रागाउँ, रामपुर देउखुरीको सुनडबरी, श्रीचौर, सिसहनीयालगायतका दर्जनौं ठाउँमा शक्तिशाली बम विस्फोट भएका छन् । दर्जनौं मतदान केन्द्र नजिक शक्तिशाली बम विस्फोट भएर ठूलो आवाज आएको र स्थानीयहरु त्रसित भएको पनि स्थानीयले बताएका छन् ।

२०७४ मंसिर २१ गते बिहान ११ : २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :