सिन्धुलीमा अहिलेसम्म मतदान हुन सकेन

अम्बिका चन्द / काठमाडौं : सिन्धुलीको हरिहरपुरगढी गापाका दुई वटा मतदान केन्द्रमा अहिलेसम्म मतदान हुन सकेको छैन । बिहीबार अर्थात आज बिहान मतदानको समय शुरु हुने वित्तिकै वडा नम्वर ७ को बफर मतदान केन्द्रमा बम विस्फोट भएपछि मतदान हुन नसकेको हो । बम विस्फोटबाट त्रास उत्पन्न भएपछि सबै मतदाताहरु तितरवितर भएकाले मतदान हुन नसकेको बताइएको छ । यस्तै धनुषा, सिरहा, सप्तरीलगायत ठाउँहरुमा पनि लगातार बम विस्फोट भइरहेको बताइएको छ । आज तराई र पहाडका ४५ जिल्लामा दोश्रो चरणको मतदान भइरहेको छ । तर धेरै जसो ठाँउहरुमा बम विस्फोटका घटनाहरुले गर्दा मतदान केन्द्रमा मतदाताको उपस्थिति न्युन रहेका खबरहरु प्राप्त भइरहेका छन् ।

२०७४ मंसिर २१ गते बिहान ११ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :