कपिलवस्तुमा शक्तिशाली बम विस्फोट / मतदाताहरु त्रसित

काठमाडौं : कपिलवस्तुको शिवराज नपा, स्थित नेपाल राष्ट्रिय निमावि भगवानपुर र बाड्गङ्गा नपा स्थित बाड्गङ्गा बहुमुखी क्याम्पसको मतदान स्थलमा शक्तिशाली बम बिस्फोट भएको छ । मतदान स्थलमा अन्य पनि थुप्रै शंकास्पद वस्तु फेला परेकोले नेपाली सेनाको बम निस्क्रिय पार्ने टोली मतदान स्थलमापुगि निस्क्रिय गर्न असफल भएपछि स्थिति तनाव ग्रस्त भएको छ । त्यहाँ अहिलेसम्म मतदान हुन सकेको छैन । बुधबार राती मात्रै मतदान प्रभावित पार्ने उद्देश्यले शिवपुर, गजेडा, कर्मना, कोपवा, भगवानपुरलगायत दर्जनौं स्थानमा शक्तिशाली बम बिस्फोट भएका थिए भने धेरै स्थानमा शंकास्पद वस्तु फेला परेका थिए ।

२०७४ मंसिर २१ गते बिहान ११ : ०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :