रोल्पामा महरा, पुन र सोनाम चढेको सवारी साधनमा बम प्रहार

रोल्पा : रोल्पाको बामरुकमा माकेका तीन नेता तथा उम्मेदवार चढेको सवारी साधनमा बम प्रहार भएको छ । आज (शुक्रबार) दिउँसो १ बजेतिर रोल्पा नगरपालिकाको लिबाङमा चुनावी सभामा जाँदै गर्दा विना विभागीय तथा माकेका उम्मेदवार कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री वर्षमान पुन र कुलबहादुर केसी ‘सोनाम’ चढेको साधनमा बम तथा ढुङ्गामुढा प्रहार भएको छ । सुलीचौरको सातदोबाटो हुँदै रोल्पा नगरपालिका लिबाङको चुनावी सभा कार्यक्रममा जाँदै गर्दा बामरुकमा उनीहरूको प्रचार साधनलाई लक्षित गरि बम तथा ढुङ्गामुढा प्रहार भएको छ ।

२०७४ मंसिर १ गते दिउँसो ३ : ०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :