नुवाकोटमा कांग्रेस नेता रामशरण महत चढेको गाडी एम्बुसमा पर्‍यो / ५ जना जना घाइते

काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य उमेदवार डा. रामशरण महत सवारी साधन एम्बुसमा परेको छ । नुवाकोटबाट उम्मेदवार बनेका महत घरदैलो कार्यक्रम सकेर फर्किंदै गरेका बेला आज (शुक्रबार) बिहान ककनीमा उनी सवारी साधन अज्ञात समुहले थापेको विधुतीय धरापमा परेको हो ।
बम विष्फाेटनबाट कांग्रेसका कार्यकर्ताहरू उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राईलगायत घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेकाले घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याएको छ ।

उम्मेदवार महतद्वय चढेको बा १४  च ७०४१ नंं को साधनलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा १६ च ६६५ नं साधनमा बम लागेको थियो । विस्फोटनका कारण गाडी पूर्णरूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए । यसअघि एमाले नेता शेरधन राई, माओवादी केन्द्रका नेता जर्नादन शर्मा, वर्षमान पुन लगायतका नेताहरुलाई लक्षित गरि बम विस्फोट गराइएको थियो । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।
स्रोत : imandarmedia.com

२०७४ मंसिर १ गते  दिउँसाे २ : २७ मा प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :