हिडडुल गर्न नसक्ने घाइते योद्धालाई पनि छोडेन प्रहरीले

दाङ : हुँदाहुँदा दाङमा आफैं राम्रोसँग हिडडुल गर्न नसक्ने घाइते योद्धालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । घाइते अपांग योद्धा पाटनलाई आज दिउँसो उहाँकै कोठाबाट प्रहरीले विनाकारण गिरफ्तार गरेको छ । घोराहीमा आफ्नै कोठामा उहाँसँगै बसिराख्नु भएका डिबी बोहरालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । त्यसैगरी पदमोदय पब्लिक उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र घर्तिलाई घरबाटै गिरफ्तार गरेको छ । नेकपा दाङका सेक्रेटरी सविनले विनाकारण दिनप्रतिदिन आफ्ना नेताकार्यकर्ता, समर्थक र घाइते तथा विरामीलाई गिरफ्तार गरेकोप्रति कडा आपत्ति प्रकट गर्दै तुरुन्त बिनासर्त रिहाई गर्न जोडदार माग गर्नुभएको छ । गिरफ्तार गरिएकालाई तत्काल रिहा नगरिए राज्यले महंगो मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिनुभएको छ । यसैबीच एक स्रोतका अनुसार दाङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एस पीले सरकारवादी दलका नेताहरुको चाकडी गर्न र आफ्नो पदको फुली बढाउन नेकपा समर्थक सुभेच्छुक समेतलाई गिरफ्तार गरेर संख्या बढाउन लागि परेको खुलासा भएको छ ।

२०७४ मंसिर १ गते दिउँसो १ : ३५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :