जनार्दनमाथि चप्पल प्रहार

काठमाडौं : माओवादी केन्द्रका नेता एवम् देउवा सरकारका विना विभागीय मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि रुकुममा एक विद्यार्थी छात्राले सार्वजनिक सभामै चप्पल हानेकी छन् । पश्चिम रुकुमबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका शर्मालाई बिहीबार बाँफीकोटको नेटामा चुनावी सभा भैररहेको बेला मञ्चमै पुगेर निर्मलाले चप्पल प्रहार गरेकी हुन् । श्यार्पु क्याम्पसमा कक्षा १२ मा अध्ययनरत निर्मला जनयुद्धकी सहिद परिवारसमेत हुन् । उनका ठूलाबुबाका छोरा जनयुद्धमा सहिद भएका थिए । शक्ति र पैसाको बलमा पटक–पटक सत्तामा पुगेका शर्माले सहिद परिवार, बेपत्ता परिवार कार्यकर्ता र जनताका लागि केही नगरेको बरु आफन्तजनहरुलाई पोस्ने काम गरेको भन्दै निर्मलाले चप्पल प्रहार गरेको एक स्थानीयले बताएका छन् । केही समय अगाडी निर्मलाका भाइ खलङ्गा मावि कक्षा ९ मा अध्ययनरत पूर्ण खड्कालाई नेकपा निकट अखिल (क्रान्तिकारी) मा बसेर काम गरेकै आधारमा माके नेता शर्माले पक्रउ गर्न लगाएका थिए । त्यसपछि निकै आक्रोसित बनेकी निर्मलाले शर्मालाई भाषण गरिरहेको बेला मञ्चमा पुगेर चप्पल हानेको जनाएको छ । चप्पल प्रहारपछि वाइ.सी.एल.का कार्यकर्ताले निर्मलालाई कुटपिट र दुर्व्यवहार गरेकाे प्रत्यक्ष दर्शीले बताएका छन् । कुटपिटबाट घाइते भएकी निर्मलालाई प्रहरीले पक्राउ गरेर सदरमुकाम खलङ्गा लगेको छ । तर शर्मालाई चप्पलले थप्पड लगाएको घटना सार्वजनिक भएमा उनको बेइज्वत हुने भएकोले यसलाई गुपचुप राखेकाे छ । प्रहरी अधिकारीलेसमेत यो घटनाबारे आफूलाई थाहा नभएको बताउने गरेका छन् । स्मरणीय छ रुकुममा ४६/४८ सालमा तत्कालीन पञ्चेबाट रातारात कांग्रेस बनेका गोपालजंग शाहलाई जुत्ताको माला लगाएको र कालोमोसो दलेको घटनापछि जनस्तरबाट नेतामाथि कारवाही भएको यो पहिलो घटना हो ।

२०७४ मंसिर १ गते विहान ९ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :