महासंघका महासचिव थपलिया गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय महासचिव खेम थपलिया शुक्रबार प्रहरीले गिरफ्तार गरेको छ । अखिल नेपाल लेखक संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका थपलियालाई काठमाडौंस्थित लेखक संघको एक परिसंवाद कार्यक्रममा प्रहरीले गिरफ्तार गरेको लेखक संघले बताएको छ । लेखक संघको कार्यक्रमका बीचमा लेखक थपलियालाई गिरफ्तार गरेको भन्दै अखिल नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले सरकारको कडा रुपमा भत्र्सना गरेका छन् । यसैगरी अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सचिव अशोक सुवेदीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघका महासचिव थपलियाको गिरफ्तारीप्रति  आपत्ति जनाएका छन् ।

२०७४ मंसिर १ गते बेलुका १० : १३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :