नेकपाका कैलाली इन्चार्जसहित ४ जना गिरफ्तार

काठमाडौं : प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा चुनाव खारेजी अभियानमा लागेका नेकपाका कार्यकर्तालाई प्रहरीले देशव्यापीे गिरफ्तारी तीव्र पारेको छ । त्यसैक्रममा बुधबार नेकपा, कैलाली इन्चार्ज रामबहादुर चौधरीसहित ४ जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा प्रकाश मल्ल, तपेन्द्र रसाइली र मीनराज गिरी छन् । यसैगरी नेकपा निकट अखिल (क्रान्तिकारी)का मोरङ अध्यक्ष फणिन्द्र राजवंशीलाई प्रहरीले गिरफ्तार गरेको छ । कात्तिक ३० गते भित्तेलेखन गर्ने क्रममा गिरफ्तार गरेको हो । उनलाई पक्राउ गरी इप्रका पथरीे हिरासतमा रोखेर सार्वजनिक मुद्दा लगाएकोे प्रहरीले बताएका छन् ।

२०७४ मंसिर २ गते ८ : १३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :