रोल्पामा फेरि बम बिस्फोट

दाङ : रोल्पामा फेरि बम बिस्फोट भएको छ । रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मदेवार अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट भएको छ । रोल्पाको घोडागाउँमा चुनाव प्रचारप्रसारमा गएका सिंचाई राज्य मन्त्री तथा रोल्पाका जनप्रतिनिधि सभाका उम्मेदवार पुनलाई लक्षित गरी बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । आज दिउँसो १ बजेतिर भएको बम बिस्फोटबाट मानवीय क्षती नभएपनि अन्य विस्तृत विवरण आइसकेको छैन ।

२०७४ कात्तिक ३० गते अपरान्ह ४ः२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :