बर्दियामा व्यापक गिरफ्तारी

काठमाडौं : सरकार र सरकार सम्बद्ध संस्थाहरुले चुनावको पक्ष र विपक्षमा शान्तिपूर्ण समर्थन वा विरोध गर्न पाउने प्रचार गरिहेका छन् । तर नेकपालाई त्यो अधिकारबाट बञ्चित गरिएको छ । आशंकाकै भरमा पार्टीमा आवद्ध नभएका जनतालाईसमेत गिरफ्तार गरिएको छ । घरायसी काममा बसिरहेका कार्यकर्ता, समर्थक र सामान्य विरोधका कार्यक्रम पनि गर्न दिएको छैन । सरकारको यो हर्कतले जनता र पार्टीलाई बल प्रयोग गरेर प्रतिरोध गर्न बाध्य पार्दछ । प्रहरीले मंगलबार, बुधबार र बिहीबार दर्जन भन्दा बढी कार्यकर्ता गिरफ्तार गरेको छ । सो सम्बन्धमा बिहीबार नेकपा बर्दियाका इन्चार्ज देवकला अधिकारी र सेक्रेटरी युद्धले विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् । विज्ञप्तिमा भनिएको छ – बुधबार मजदुर नेताहरु भीम अधिकारी, रमेश विक, सोनु भाइ, युवा नेता पूर्णबहादुर महरा, बलबहादुर विश्वकर्मा, तिमोरी थारु र २८ गते बलविर राना, हिरा पुन र बिहीबार कैलाश गन्धर्व, खुमलाल गिरीलाई गिरफ्तार गरेको छ । सबैलाई घरायसी काम वा ज्याला–मजदुरी गरिरहेको अवस्थामा गिरफ्तार गरी झुठ्ठा मुद्दा लगाएको छ । पार्टी उहाँहरुको विनासर्त रिहाईको माग गर्दछ । अन्यथा त्यसबाट उत्पन्न हुने परिणामको जवाफदेही बर्दिया प्रशासन र प्रहरी नै हुनुपर्नेछ ।

२०७४ कात्तिक ३० गते दिउसो ३ः४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :