धनकुटामा प्रहरी आतंक / नेकपाका कार्यकर्ता देखि शुभचिन्तकसम्म गिरफ्तार

विपना ओली / काठमाडौंं : नेपाल कम्युनिस्ट पार्टीका धनकुटा जिल्ला सदस्य मोहनप्रसाद ओझा ‘विज्ञान’लाई प्रहरीले गिरफ्तार गरेको छ । विज्ञानलाई बाटोमा हिडिरहेको बेला बुधबार बिहान ९ बजे धनकुटाको हिलेबाट विनाकारण प्रहरीले पक्राउ गरेको हो । त्यस्तै बुधबारै नेकपाको शुभ चिन्तकलाई प्रहरीले गिरफ्तार गरेको छ ।  पक्रउ परेकाहरुलाई जिप्रकामा राखेको बताएका छन् । धनकुटाको सहिद भूमि खाल्सा गाउँपालिका स्थित घरमा बसिरहेको अवस्थामा उनलाई गिरफ्तार गरेको हो । आफ्ना कार्यकर्ता विनाकारण गिरफ्तार गरिएकोप्रति नेकपाका धनकुटा इन्चार्ज आकाशले आपत्ति जनाएका छन् । साथै पक्राउ परेकाहरुलाई विना सर्त रिहाइको माग पनि गरेका छन् ।

२०७४ कात्तिक ३० गते दिउसो १ : २३ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :