भोजपुरमा प्रहरी अपरेशन / सरकारी कर्मचारीसमेत पक्राउ

काठमाडौं : वामपन्थी आन्दोलनकोे उर्वरभूमी भोजपुरमा जनपथ र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबारदेखि अपरेशन शुरू गरेको छ । षडानन्द नपा, ट्याङ्के – मयुम र पौवा – डुङ्मा गापामा हालसम्म अपरेशन भैरहेको नेकपाका केन्दीय सदस्य तथा सगरमाथा इन्चार्ज दीपेश राईले बताएका छन् । नेकपा भोजपुर इन्चार्ज लक्ष्मी तामाङ ‘ज्ञानु’ कोे निवासमा पटकपटक प्रहरीले अपरेशन गरेको छ । त्यसैगरी नेकपाका जिल्ला स्तरका नेताहरु बम विष्ट, सञ्जय राई र पौवा – डुङ्माका जीवन राई, मनीराम राईको घरमा पनि पटकपटक खानतालासी गरिरहेको छ । भोजपुर प्रहरीले कात्तिक २८ गते कृष्ण साङपाङलाई घरबाटै गिरफ्तार गरेको छ । २७ गते एकराज घिमिरेलाई पक्राउ गरेको छ । त्यसैगरी ३० गते शिक्षक लोकबहादुर बस्नेत र कृष्णकुमार राई ‘निकास’लाई आ–आफ्नै निवासबाट गिरफ्तार गरेको छ । राई जनयुद्धकालका गम्भीर घाइते हुन् र वर्षौदेखि घरमै बसेर उपचार गराइरहेका छन् । भोजपुर सरदरमुकाम भोजपुरमा रहेको सहिद स्मृति प्रतिष्ठानको भवन निर्माण भइरहेको र त्यसकोे रेखदेख गरिरहेका राईलाई पक्राउ गरी बम विस्फोटमा संलग्न भएको नाङगो झुट आरोप लगाएको छ । षडानन्द नपा १३, बोयाका स्वास्थ्य चौकीका कर्मचारी जीवन राईलाई पुर्व जनसेना भएकै आधारमा पूर्वाग्रहवश पक्राउ गरेको छ । त्यसैगरी षडानन्द नपा २ बाट नेकपा निकट युवा संगठनका सदस्य दुर्गा भट्टराईलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी २८ गते उदयपुर कटारीबाट पूर्ण कटुवाल र गाइघाटबाट युजिन नेपालीलाई गिरफ्तार गरेको छ । भोजपुर इन्चार्ज लक्ष्मी तामाङ र सेक्रेटरी मादेनले बुधबार विज्ञप्ति जारी गरी सो प्रहरी दमनको विरोध गरेका छन् । प्रहरी ज्यादती नरोकिंए त्यसको सशक्त प्रतिवाद गरिने चेतावनी विज्ञप्तिमा उल्लेख छ ।

२०७४ कात्तिक ३० गते साँझ ५ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :