नेकपाका धनकुटा इन्चार्जसहित ५ पक्राउ

काठमाडौं : नेकपाका धनकुटा इन्चार्ज माधव गौतम ‘आकास’, जिल्ला सदस्य विज्ञान शर्मा, नरजित राई, प्रेम कट्टेलसहित ५ जनालई प्रहरीले गिरफ्तार गरेको छ । उनीहहलाई बिहीबार पक्राउ गरी सदरमुकामा लगिएको छ । त्यसैगरी बिहीबार नै रुकुम प्रहरीले नेकपा रुकुमका सल्लाकार समिति सदस्य पे्रमबहादुर खड्का र जिल्ला समिति सदस्य मकर ओलीलाई गिरफ्तार गरेको छ । उनीहरुलाई बिहीबार विहान रुकुमको त्रिवेणी गापा ६ स्थित झुल्नेता बजारमा रहेको आफनै घरबाट गिरफ्तार गरेको हो । ओली विरामी भएर घरमा बसिरहेको अवस्थामा गिरफ्तारीमा परेका हु्न् ।

२०७४ कात्तिक ३० गते बेलका ५ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :