दाङमा निर्वाचन सामाग्री जफत गरेर जलाइए

तस्विर : ई–रातो खबर फाइल फोटो

दाङ : दाङ्गको तुल्सीपुरमा बुधबार निर्वाचन सामाग्री जफत गरेर जलाइएको छ । तुल्सीपुर ५, पिपलबोट नजिक बसपार्कमा स्थानीयको सकृयतामा निर्वाचन सामाग्री खोसेर जलाइएको हो । रोल्पामा पनि आज बिहान निर्वाचन सामाग्रीहरु खोसेर जलाइएको छ । रोल्पाको सुनछहरी गाउँपालिका १, घुसबाङमा स्थानीय जनताले निर्वाचन सामाग्री नियन्त्रणमा लिइ जलार्इ दिएका हुन् । निर्वाचन आयोग रोल्पाले खटाएको टिमबाट निर्वाचन सामाग्री खोसेर निर्वाचन सामाग्री जलाइ दिएका छन् । बुधबार बिहान करिब साढे १० बजेतिर निर्वाचन सामाग्री नियन्त्रणमा लिइ निर्वाचन सामाग्री जलाइएको रोल्पाबाट प्राप्त समाचारमा उल्लेख छ । त्यस्तै मंगलबार दाङको गढवा खैरामा स्थानीय जनताले निर्वाचन सामाग्री खोसेर च्याति दिएका छन् । गढवा ५, खैरामा स्थानीय जनताले निर्वाचन सामाग्री बोकेर गइरहेका स्वयमसेविकाबाट खोसेर च्याति दिएका हुन् ।

२०७४ कात्तिक २९ गते बेलुका ८ : २३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :