रोल्पामा निर्वाचन सामाग्रीहरु खोसेर जलाइ दिए

तस्विर : ई–रातो खबर फाइल फोटो

रोल्पा : रोल्पामा पनि आज (बुधबार) बिहान निर्वाचन सामाग्रीहरु खोसेर जलाइएको छ । रोल्पाको सुनछहरी गाउँपालिका १, घुसबाङमा स्थानीय जनताले निर्वाचन सामाग्री नियन्त्रणमा लिइ जलाइ दिएका हुन् । निर्वाचन आयोग रोल्पाले खटाएको टोलीबाट निर्वाचन सामाग्री खोसेर निर्वाचन सामाग्री जलार्इ दिएका छन् । बुधबार बिहान करिब साढे १० बजेतिर निर्वाचन सामाग्री नियन्त्रणमा लिइएको निर्वाचन सामाग्री जलाइएको रोल्पाबाट प्राप्त समाचारमा उल्लेख छ । त्यस्तै हिजो दाङमा पनि जनताले निर्वाचन सामाग्री नियन्त्रणमा लिइ जलाइ दिएका थिए ।

२०७४ कात्तिक २९ गते साँझ ५ : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :