नेकपाका नेताकार्यकर्ताको घरमा प्रहरीद्धारा छापामार शैलीमा खानतलासी / पार्टीका जिल्ला सदस्य निम बहादुरलार्इ मध्यरातमा घेरा हाली गिरफ्तार

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सदस्य तथा बबई गाउँ समितिका सेक्रेटरी निमबहादुर डागीलार्इ गएको मध्यरातमा प्रहरीले घर घेरा हाली गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी दाङले आज एक विज्ञप्ति जारी गरि प्रहरीले फासिवादी शैलीमा मध्यरातमा गिरफ्तार गरेकोप्रति घोर भन्सर्ना गर्दै डागीलाई तुरुन्त बिनासर्त रिहाई गर्न जोडदार माग गरेको छ । यसैगरी गएराती नै पार्टी कार्यकर्ताका घरघरमा पसि बिनाकुनै सूचना गैरकानुनी तरिकाले घर खानतलासी गरेको सो पार्टीले जनाएको छ । पार्टी कार्यकर्ताको घरघरमा पसि परिवारलाई अनावश्यक दबाब दिएको समेत बताएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी सविन पोख्रेलद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–“मानौंकि नेपालमा अहिले सङकट काल लगाइएको छ र नागरिकका सबै मौलिक अधिकार निलम्बन गरिएजस्तै प्रहरी प्रशासन र संसदवादी दलहरुलार्इ तान्ड्वनित्र्य प्रदर्शन गर्ने छुट दिइएको छ भने नागरिकहरुमाथी अघोषित सकट्काल लगाइएको छ । प्रहरी प्रशासनबाट भएको यो रबैयाको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ साथै यस्तो हर्कत अब नादोर्याउन प्रहरी प्रशासनलाई गम्भीरतापुर्बक आग्रह गर्दछ ।”

उहाँले नागरिक समाज, मानव अधिकारवादी सबैलाई गैर न्यायीक गिरफ्तारी र खानतलासी विरुद्ध आवाज उठाउन पनि अनुरोध गर्नुभएको छ । आफूहरु यतिवेला दलाल संसदीय व्यवस्था विरुद्ध कथित चुनाव खारेज अभियानमा रहेको भन्दै आज नेपाल दलाल संसदीय व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्था पक्षधर गरि दुई धुर्बमा विभक्त भएको विज्ञिप्तमा उल्लेख छ । त्यस्तै विज्ञप्तीमा भनिएको छ–“दलाल संसदीय व्यवस्थाका पक्षपाती पार्टीहरु सत्ता र शक्तिको दुरुपयोग गरि कुम्ल्याएको कालोधनको बेजोड प्रदर्शन गरि जनताको बीचमा गएर ढाट्को खेती गरिरहेका छ्न् । पैसाको खोलो बगाएर चुनाव जित्ने र फेरि अर्को ५ बर्ष भ्रस्टाचार गर्ने लाइसेन्स हात पार्ने योजना बाहेक संसदवादी दलका उम्मेदवारहरुको कुनै योजना नै छैन भन्ने कुरा नेपाली जनताले प्रष्टसँग बुझेकै विषय हो ।

अर्कोतिर नेपाल कम्युनिस्ट पार्टी आम श्रमजीवी जनतालाई गोलबन्द गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामार्फत नेपालमा भैरहेका अनेकौं विकृतीको अन्त्य गर्दै भ्रष्टाचार मुक्त नेपाल, बेरोजगारी मुक्त नेपाल र समृद्ध नेपाल निर्माण गर्ने महाअभियान एकीकृत जनक्रान्तीको यात्रामा प्रतिक्रियावादीहरुका विभिन्न दमनको सामना गर्दै जनताको अपार माया र समर्थनसहित शान्तिपूर्ण तरिकाले राजनीतिक अभियान सन्चालन गरिरहेको छ । कुनै पनि व्यवस्थाको समर्थन वा बिरोध गर्नु सबै राजनीतिक दल र व्यक्तिको प्रजातान्त्रिक अधिकार हो तर आफुलार्इ लोकतन्त्रको पक्षपाती दाबी गर्ने सरकारबाट देशव्यापी दमन र धरपकड गर्नुले कथित लोकतान्त्रिक व्यवस्थाको मुकुन्डो फेरि उदाङ्गो भएको छ । देउवा सरकारको असली रुप एक पट्क फेरि देखिएको छ । नदोर्याउन प्रहरी प्रशासनलाई गम्भीरतापुर्वक आग्रह गर्दछ ।

साथै दलाल संंसदीय व्यवस्थाका उम्मेदवारहरुको ललिपपकोपछि नलाग्न बरु उनीहरुलार्इ बहिष्कार गर्न र ससदीय उम्मेदवारहरुको भ्रमको खेतिलार्इ खारेज गर्न हाम्रो पार्टी दङ्गाली जनसमुदायमा हार्दिक अपिल गर्दछ । यसैगरि दलाल संसदीय व्यवस्थाको भड्कावमा परि जनता र हाम्रो पार्टीका कार्यकर्तालाई अनावश्यक दुःख नदिन प्रहरी प्रशासन लाई सचेत रहन पनि अनुरोध गरिन्छ ।”

दलाल संसदीय व्यवस्था विरुद्धको अभियान पार्टीका दुई चार जना कार्यकर्ता गिरफ्तार गर्दैमा रोकिने छैन । बरु दमनकारी रबैया नरोकिए पार्टी थप चरणबद्ध आन्दोलन गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख ।

२०७४ कात्तिक २८ गते साँझ ५ :५९ मा पकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :