भारतीय एस.एस.बी.को दादागिरी

 पदम बोहरा / महेन्द्रनगर : भारतीय सिमा सुरक्षा बल (एस.एस.बी.) ले हतियारसहित नेपाली भूमिमा सडक निर्माण अवरोध गरेको छ । भिमदत्त नगरपालिका–९ स्थित रिगौनामा सडक निर्माणका क्रममा हालिएका ह्यूम पाइप हटाउन पर्ने भन्दै निर्माण कार्यमा अवरोध गरेको छ ।

गड्डाचौकी, ब्रमदेव सडक खण्डमा पर्ने ५ नं. पिल्लर नजिक सडकमा ह्यूमपाइप राखिएपछि एस.एस.बी.ले हतियारसहित आएर काम रोकेको छ । दुई दिनदेखि एस.एस.बी.ले अबरोध गरेपछि सडक निर्माण रोकिएको छ । स्थानियहरुले प्रतिकार गरेपछि विवाद उब्जिएको हो । 

स्थानीय रमेशराज जोशीले एस.एस.बी. हतियारसहित आएर सडक निर्माण रोकेको बताए । “ह्यूम पाइप निकाल्नुपर्ने भन्दै हतियारसहित एस.एस.बी. आए, भारतका नागरिक पनि आए” उनले भने हामीले किन हटाउने भनेपछि विवाद भयो । भिमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा तुमडानीदेखि ब्रमदेवसम्म सडक निर्माण कार्य अघि बढाएको छ ।

एस.एस.बी.ले ह्यूमपाइप हाल्न नदिएपछि कालोपत्रे हुन नसकेको स्थानीय जोशीले बताए । “यसमा कालोपत्रे पर्ने बित्तिकै एस.एस.बी आइहाल्छ” उनले भने । ५ नं. पिल्लर पारी भारतको कुमैयाखेडा गाउँ छ । भारतले कुमैयाखेडा बस्तीमा नेपालको पानी पस्न नदिने गरी कच्ची बाँध बनाएको छ । भारतीय एस.एस.बी. बेलाबेलामाहतियारसहित नेपाली भूमिमा प्रवेश गर्ने गरेको स्थानीयलेबताए । उनीहरु तुमडानी र जिमुवासम्म पुग्ने गरेको बताउँछन् । 

२०७४ कात्तिक २८ गते साँझ ५ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :