सिर्जनामा रूप र अन्तर्वस्तु – अनिल शर्मा

अन्तर्वस्तु (विचार पक्ष) : कला– साहित्यमा विचार र रूपमध्ये कुन मुख्य भन्ने विषयमा चिन्तकहरूका बीचमा एकरूपता देखिन्न । धेरैजसो आदर्शवादी– उत्तरआधुनिकतावादीले रूप (कला पक्ष) मा जोड दिने गरेका छन् । तर पुँजीवादी धाराका कतिपयले विचारविहीन कलाको जनपक्षधरता र उपयोगिताका विषयमा प्रश्न उठाउने गरेका छन् । प्रगतिवादले रचनामा विचारपक्षलाई मुख्य कसीका रूपमा मान्छ तर त्यसको अर्थ कला (रूप) पक्षको भूमिकालाई न्यूनीकरण गर्छ भन्ने होइन । विचारहीन रचना खोटो मोहरजस्तै हो । हामी रसिलो र पोषिलो (विचार पक्ष) दुबै चाहन्छौँ । तसर्थ साहित्यमा विचार र कला कुन प्रधान भन्ने बहस नै निरर्थक छ । एउटा पक्ष कमजोर हुनासाथ सिर्जना कमजोर हुन्छ ।

 

मान्छे कल्पनाशील प्राणी हो । कल्पनाको उडान र भावनाको गडगडाहट मानवजातिको प्राण हो । कल्पनाको क्रममा नयाँ विचारहरू उठिरहन्छन् । उसले अनेक आशा, अपेक्षा र सपना देखिरहन्छ । मान्छेले आफ्ना भावनाहरू अरूसँग पोख्न चाहन्छ र त्यसो गर्न सक्दछ । भावनाहरू बोलेर, लेखेर, सङ्केत गरेर, ध्वनि तथा रेखाचित्र आदिद्वारा गर्न सकिन्छ । भङ्गीमा ‘बडी ल्याङ्वेज’ अभिनय, रूपरङ, भेषभूषा, हेराइ, बोलाइ, रुवाइ, हाँसो आदि अनेकौँ तरिकाले पनि भाव प्रकट गर्न सकिन्छ । कलम, कागज र मसीको आविष्कारपूर्व भाव प्रकट गर्ने मुख्य माध्यम हुन्थ्यो । लोक–साहित्यको रूपमा वाणी रहेको मानवजातिको ज्ञान भण्डार त्यसको उदाहरण हो । लोकवाणी समय बित्दै जाँदा विस्मृत हुने, अपभ्रंश हुने, अनेकार्थी हुने वा विकृत बन्ने सम्भावना रहन्छ । अझ यसो भन्न सकिन्छ कि वाणीमा मात्र सीमित भाव अमूर्त र तरल रहन्छ । त्यही समस्या समाधानको कठीन, निरन्तर र उच्च विकासको क्रममा नै कागज, अक्षर, कलम र छापाखाना हुँदै तरङ्ग माध्यम तथा सुसाङ्ख्य ‘कम्युटर’ को विकास भएको छ । लेख्य–माध्यमको विषयमा नेपालीभाषी साहित्यकार कृष्णप्रसाद पराजुली भन्छन्, “बोलेर भन्दा लेखेर भाव प्रकट गर्ने परिपाटीले विचार वा भावनालाई मूर्त रूप दिने मात्र होइन, स्थायित्व पनि प्रदान गर्छ ।”१ बोलेका कुरालाई लेख्य रूप दिंदा रचना बन्दछन् । संसारका महान् नेताहरूले विभिन्न समयमा बोलेका कुराहरूलाई पछि उपयुक्त समयमा लेख्य रूप दिएर महान् रचना बनाइएको छ । माओ त्से तुङको ‘येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन’ यसको बलियो प्रमाण हो । वाणीलाई रचनाको रूप दिनुभन्दा पहिलोपटक नै रचना गर्ने लेख्य– माध्यम अहिले बढ्दै गएको छ । लेखोटका रूप रङ्ग पनि अनेक छन् । यसरी बोलेर या लेखेर लिपिबद्ध भाव प्रकट गर्ने प्रक्रियालाई ‘रचना’ भनिन्छ । चलनचल्तीमा भने लेखेर भाव प्रकाशन गर्ने विधिलाई रचना भनेर बुझ्ने गरिन्छ । सुन्दर र समृद्ध रचनाका लागि अनुकूल वातावरण, तीव्र इच्छाशक्ति, गहन ज्ञान र साधना आवश्यक हुन्छ । सुन्दर र सफल लेखकले निम्न विषयमा ध्यान दिनैपर्छ –

अन्तर्वस्तु (विचार पक्ष) ः कला–साहित्यमा विचार र रूपमध्ये कुन मुख्य भन्ने विषयमा चिन्तकहरूका बीचमा एकरूपता देखिन्न । धेरैजसो आदर्शवादी–उत्तरआधुनिकतावादीले रूप (कला पक्ष) मा जोड दिने गरेका छन् । तर पुँजीवादी धाराका कतिपयले विचारविहीन कलाको जनपक्षधरता र उपयोगिताका विषयमा प्रश्न उठाउने गरेका छन् । प्रगतिवादले रचनामा विचारपक्षलाई मुख्य कसीका रूपमा मान्छ तर त्यसको अर्थ कला (रूप) पक्षको भूमिकालाई न्यूनीकरण गर्छ भन्ने होइन । विचारहीन रचना खोटो मोहरजस्तै हो । हामी रसिलो र पोषिलो (विचार पक्ष) दुबै चाहन्छौँ । तसर्थ साहित्यमा विचार र कला कुन प्रधान भन्ने बहस नै निर र्थक छ । एउटा पक्ष कमजोर हुनासाथ सिर्जना कमजोर हुन्छ ।

प्रगतिवादले सार पक्षमा जोड दिन्छ भन्नुको अर्थ रूपपक्षलाई अस्वीकार गर्नु होइन । खासखास अवस्थामा विचार र राजनीतिलाई साहित्य र कलाले निर्णायक प्रभाव पार्न सक्दछन् । फ्रेडरिक एङ्गेल्सले स्टारकेनवर्गलाई लेखेको चिठीमा भनेका छन् “राजनीति, कानुनी, दार्शनिक, धार्मिक, साहित्यिक, कलात्मक आदि विषयको जग आर्थिक विकास हो तर यी सबैको एकअर्कामाथि प्रभाव पर्दछ र आर्थिक आधारमाथि पनि तिनको प्रभाव पर्दछ । आर्थिक आधार एकमात्र तत्व हो र शेष सबैको प्रभाव निष्क्रिय हुन्छ भन्ने होइन । आर्थिक अवस्थाको आधारमा यी सबैको एकअर्कामाथि प्रभाव पर्दछ र अन्ततोगत्वा यो आर्थिक आवश्यकताले आफूलाई मान्न बाध्य पार्दछ ।” यसबाट प्रस्ट हुन्छ कि रूपपक्ष अन्तर्वस्तुको निष्क्रिय छाया मात्र होइन । रूपपक्षले अन्तर्वस्तुलाई नै प्रभाव पार्न सक्दछ ।

अन्तर्वस्तु र रूपका बीचमा अन्योन्यक्रिया चलिरहन्छ । अन्तर्वस्तु र रूपपक्षका विषयमा चिन्तक रामविलास शर्मा भन्छन्, “जुन साहित्यले मनुष्यद्वारा मनुष्यको उत्पीडनलाई लुकाउँछ, संस्कृतिका रङ्गीविरङ्गी ओढ्ने बनाएर त्यसलाई ढाक्न चाहन्छ, त्यो प्रचारक नदेखिएर पनि वास्तवमा प्रतिक्रियावादको प्रचारक हुन्छ । जुन साहित्यले यथार्थ जीवनको यस सत्यलाई अभिव्यक्त गर्दछ, त्यो वास्तवमा गम्भीर साहित्य हुन्छ र मनुष्यको हृदयमा रस सृष्टि गर्नुका साथै त्यसलाई विकासको प्रेरणा पनि प्रदान गर्दछ ।” अन्तर्वस्तुप्रतिको बेवास्ता साहित्यमा शोषकवर्गीय पक्षधरताको परिणाम हो । त्यो शोसक, उत्पीडकवर्गीय प्रचार साहित्य हो । ‘ कला कलाका लागि’ नारा दिएर कुलीनवर्गको लुटको स्वर्गप्रति जनमत निर्माण गर्ने कुटिल चाल हो । साहित्यमा सर्जकले विचार प्रवाह गर्दा निम्न कुरामा ध्यान पु¥याउनु आवश्यक छ – विचारलाई नदोहो¥याईकन सिधा, प्रस्ट राख्नुपर्छ । जिब्रो चपाएर अर्धसत्य राख्नुहुँदैन । तथ्यको आधारमा बलिया तर्कहरू अघि सार्नुपर्छ । लेखनमा पक्षधरता स्पष्ट खुल्नुपर्छ ।

विचारप्रवाह शृङ्खलाबद्ध हुनुपर्छ । मानव–ज्ञान, वर्गसङ्घर्ष, उत्पादनका लागि सङ्घर्ष र वैज्ञानिक प्रयोगको क्रममा समृद्ध हुँदै आएको छ । मानव–जीवनका समस्या र गाँठाहरू फुकाउन सहयोग नगर्ने, अग्रगामी चेतना नहुने, गतिहीन, अन्धविश्वासी, पछौटे रचना सुन्दर रचना हुन सक्दैन । भाषा – र चनाको अभिव्यक्ति भाषाको माध्यम बाट हुन्छ । भङ्गीमा, आशय तथा साङ्केतिक रूपमा पनि भाव प्रकट हुन्छ । मनोभाव व्यक्त गर्ने बोधगम्य ध्वनि समूह तथा लिखित अक्षरहरूको समूह नै भाषा हो । अर्थबोध नहुने शब्द समूह भाषा होइन । चराचुरुङ्गी, पशु तथा निर्जीव पदार्थहरूको घर्षणबाट पैदा हुने अनन्तः ध्वनि समष्टि भाषा होइन । कतिपय भाषाहरू बोलीमा मात्र छन् भने कतिपय बोलिने र लेखिने दुबै छन् । अक्षरहरूको विकास नभएको वा लोप भएका भाषाहरू बोलिन्छन् मात्र । त्यसैले बोलिने भाषालाई ‘कथ्य भाषा’ र लेखिने भाषालाई ‘लेख्य भाषा’ भनिन्छ । भावनाशील मानवजातिको सभ्यता र विकासमा भाषाको ठूलो हात छ । मानवजातिले आर्जन गरेको अपार ज्ञानको भण्डार भाषाको माध्यमबाट प्रचार र रक्षा हुन्छ । विचार र कलाको अभिव्यक्ति र रक्षा पनि भाषाबिना सम्भव छैन । सुन्दर रचनाका लागि सुन्दर भाषा अनिवार्य हुन्छ ।

सुन्दर रचनाका लागि सुन्दर भाषा आवश्यक छ । वाक्यहरू लामा लामा र ठूलाठूला ढुङ्गा र खाल्डाखुल्डी भएको बाटो जस्तो अशुद्ध र भद्दा हुनुहुँदैन । भाषा हिमनदीझैँ सलल बगेको हुनुपर्छ । रचनाको मूलभाषा कुन हो सम्भव भएसम्म त्यही भाषाका शब्दहरू प्रयोग गर्नुपर्छ । लेखक भाषाको जनक र विकासकर्ता पनि हो । उसले नयाँ शब्दहरूको आविष्कार पनि गर्न सक्छ । मूलभाषामा शब्दहरूको अभाव भयो भने नजिकका भाषाबाट पैँचो लिन सकिन्छ । छिमेकीको घरमा नगई पल्लो गाउँमा आगो माग्न जानु राम्रो कुरा होइन । नेपाङ्ग्रेजी, हिङ्लिसजस्ता विकृतिहरू बढ्दै जानु समाजको आम मनोविज्ञान नै विकृत हुनुको सङ्केत हो । संसारका कुनै पनि महान् लेखकले जुन मूलभाषामा रचना गरे, त्यसै भाषाका शब्दहरू होसियारीपूर्वक प्रयोग गरेका छन् ।

रचनाको मूल भाषाका शब्दहरूको अभाव भएमा नजिकका भाषाबाट लिने गरिन्छ । त्यो पनि नभएमा नयाँ शब्दहरू सिर्जना गर्ने गरिन्छ । जस्तै, इमेललाई ‘जालस्थल’ शब्द प्रयोग गर्ने गरिन्छ । मौलिकताको नाममा प्रचलनबाट लेख्य भाषा लगातार अलग भयो भने त्यो भाषा लोप हुने खतरा रहन्छ । लेख्य–भाषा र व्याकरणले भाषालाई विकृत हुनबाट रोक्ने मात्र होइन, जनप्रिय भइरहने प्रश्नमा पनि सचेत हुनुपर्छ । जस्तै, हिन्दीभाषीहरूले मौलिकताको नाममा रेललाई ‘लोहापथगामिनी’ तर त्यो शब्द बहिष्कृत भयो । सुन्दर भाषाका लागि निम्न कुरामा ध्यान दिनुपर्दछ । शब्दहरूको शुद्ध प्रयोग शुद्ध र चलनचल्तीका उखान टुक्का ठीक र शुद्धविराम चिन्ह, विभक्ति, संयोजन चिन्हको प्रयोग वाक्यहरू नजोडाउने मर्यादित शब्द चयन विदेशी र बाहिरी शब्दहरूबाट मूल भाषाको बचाउ नाम, सर्वनाम, काल, विभक्ति, क्रियापदको उचित तालमेल आदि रूप (कलापक्ष) – छाँट मिलेको भेषभूषा र कोरीबाटीले मान्छे सुन्दर देखिएजस्तै उच्च कलाले रचना सुन्दर बन्छ । रचनाको शैली मधुरता, प्रतीक, बिम्ब, कौशल, नाटकीयता, द्वन्द्व, उतारचढाव आदि कलापक्ष हुन् । शब्द गठन कलाको अर्को महत्वपूर्ण पाटो हो । विचार र भावनालाई व्यक्त गर्ने ढङ्ग र ढाँचा नै शैली हो । सिकारु लेखकका रचनामा निकटका अग्रजहरूका प्रभावहरू देखिन सक्दछन् तर कलम माझिँदै गएपछि लेखनमा निखारपन आउँछ र मौलिक शैलीको विकास हुन्छ ।

माझिएको कलमका रचनाहरू हेर्नासाथ त्यो रचना कसले लेखेको हो भन्न सकिन्छ । त्यसैले सुन्दर रचनाको लागि मौलिक शैली आवश्यक हुन्छ । आलङ्कारिक शब्द छनोट र ओजपूर्ण अभिव्यक्ति सुन्दर रचनाको अपेक्षित तत्व हो । सरल र सम्प्रेषणीय प्रस्तुति संवादात्मक शैली, नाटकीयता, खुलस्त र सिधा भावाभिव्यक्ति यसका गहना हुन् । शैली रचनाकारको गहना हो । रचनाको प्रस्तुतिमा मधुरता, सुन्दर रचनाको अर्को गुण हो । मिजाजिला, कर्णप्रिय या श्रुतिमय ढङ्गले पनि हरेकखालका भावना व्यक्त गर्न सकिन्छ । वरिष्ठ लेखक तथा टिप्पणीकार खगेन्द्र सङ्ग्रौलाले भनेझैँ ‘सानो स्वरमा ठूलो कुरा भन्ने कि ठूलो स्वरमा सानो कुरा भन्ने’ भन्ने चुनौती रचनाकारमा रहन्छ । भाषिक माधुर्यले पाठकको हृदयमा जादूगरी मोहनी लगाएर आफूसँगै हिंडाउन सक्नु उच्च कलात्मक पारख हो । कलात्मक अभिव्यक्तिका लागि चामत्कारिक भाषिक बनोट आवश्यक हुन्छ । बिम्ब, प्रतीक र उपमाको प्रयोगले भाषालाई चामत्कारिक जादूमय बनाउँछ । छरितो, धारा प्रवाह, गतिशील प्रवाहको समुचित व्यवस्थापन र बुनोटले रचनाको भाषा चामत्कारिक बनाउन सकिन्छ । सपनाको शीर्षक, उपशीर्षक, खण्ड, उपखण्ड, थालनी, व्याख्या, सारांश, निचोड आदि सुरुदेखि अन्तसम्मका सबै अङ्गहरूका बीचमा गहिरो सम्बन्ध रहनुपर्दछ । शीर्षक पूर्वतिर र व्याख्या पश्चिमतिर फर्केको हुनुहुन्न । रचनाको विषयान्तर ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैँ हुन जान्छ । रचनाको शिरदेखि पाउसम्म तारतम्य मिलाउनु अभिव्यक्तिको सीप (शैली) भनिन्छ ।

विषयवस्तुको आवश्यकता र संरचना (ढाँचा) अनुसार कुन विषय र प्रसङ्गलाई कसरी टिप्ने ? कसरी दौडाउने ? कसरी बिट मार्ने ? भनेर निर्भर गर्दछ । शुद्धता – हरेक भाषाको लेखकीय, प्रयोगकीय ढाँचा, नियम, विधि र मान्यता हुन्छन् । भाषिक अनुशासनको विधि किटान गर्ने शास्त्रलाई व्याकरण भनिन्छ । व्याकरणले जनजिब्रोको भाषालाई परिस्कृत, अनुशासित, नियन्त्रित गर्छ भने जनबोलीले व्याकरणलाई जीवन्तता दिन्छ । व्याकरण परिष्कारबिना भाषा समृद्ध बन्न सक्दैन । रचनामा छन्द र रूपको प्रयोग शुद्ध हुनुपर्छ । लिङ्ग, वचन, कारक, विभक्तिमा शुद्धता हुनुपर्छ । वर्णविन्यास र हिज्जेको सही बनोट हुनुपर्छ । विराम चिन्ह शुद्ध र उचित स्थानमा हुनुपर्छ । वाक्य गठनको क्रम मिल्नुपर्छ र एकापसमा अनेकार्थक वा बेमेलपूर्ण हुनुहुँदैन । नेपाली भाषामा लघु र दीर्घको प्रयोगसमेत उचित हुन आवश्यक छ । रचनामा तत्समभन्दा तत्भव शब्दको प्रयोग उचित मानिन्छ । पर्यायवाची शब्दको प्रयोग – एउटै शब्दका उही अर्थ दिने अन्य शब्दहरूलाई पर्यायवाची शब्द भनिन्छ ।

पर्यायवाची शब्दको सही प्रयोगले भाषाको हृदयसम्म पस्न र भाषामा अधिकार जमाउन सकिन्छ । अर्थ खुलस्त पार्न र इच्छानुसार शब्द उनेर रचना बनाउन पर्यायवाची शब्दको ज्ञानले सहज पार्छ । कतिपय पर्यायवाची शब्दको अर्थ सूक्ष्म अन्तर रहन्छ । त्यही अन्तरमा खेल्नु नै भाषामा अधिकार राख्नु हो । शब्दको मसिनो अर्थ बुझेर ठीक ठाउँमा प्रयोग गर्न सके रचना सुन्दर बन्दछ । अनुकरणात्मक शब्दको प्रयोग – कुनै वस्तु वा कुराको ध्वनि, आभास आदि बोध हुने शब्दहरू अनुकरणात्मक शब्दहरू हुन् । सजीव प्राणाीको ध्वनि, निर्जीवको आवाज, क्रियावस्तु वा दृष्यवस्तुको अनुकरण (पदचाप) गरेर अनुकरणात्मक शब्द बन्दछन् । अनुकरणात्मक शब्दको प्रयोगले वाक्य चम्कन्छन् । मिठासपूर्ण हुन्छन् र ती आकाशका ताराझैँ नाच्न थाल्दछन् । बान्किला शब्दले भाषालाई रसिलो, चिल्लो, स्वादिलो र कोमल बनाइदिन्छ । जस्तै– ‘झम्झम् पानी परिरहेको थियो’ जेलको कालकोठरीमा उसले आफ्नी प्रियसीलाई झलझली सम्झेर मन दुखायो । यसरी अनुकरणात्मक शब्दले रचना रसिलो हुन्छ । अनुकरणात्मक शब्दका विषयमा कृष्णप्रसाद पराजुली भन्छन्, “अनुकरणात्मक शब्दले क्रियालाई नचाउँछन् र अनुप्रासयुक्त हुँदै ध्वनि सौन्दर्य पनि बढाउँछन् ।”२ अनुकरणात्मक शब्दको उचित र आवश्यक प्रयोगले रचनाको कलापक्ष समृद्ध बन्दछ । सुन्दर रचनाका लागि विचार, सार या अन्तर्वस्तु आत्मा हो । रचनारूपी शरीरको सौन्दर्य भाषिक सुन्दरता हो । शुद्धता भाषा र रचनाकारको स्वास्थ्य हो । विचार, कला र शुद्धतामा असन्तुलन भएमा सुन्दर रचना बन्न सक्दैन । रचनाकारले व्याकरण साधनाद्वारा वा अध्ययन गरेर जान्न सक्दछ । शिल्पशैली र विचार भने रचनाकारका मौलिक गुण र निरन्तर साधनाका उपज हुन् । मौलिक शैलीको विकास रचनाकारको कसी हो ।

सुन्दर साहित्य रचनाको विषयमा विद्वान्हरूले अनेक धारणा राखेका छन् । भारतीय हिन्दीभाषी लेखक प्रेमचन्द्र भन्छन्, “त्यही साहित्य निख्खर हुन सक्छ, जसमा उच्च चिन्तन होस्, स्वाधीनताको भाव होस्, सौन्दर्यको सार होस्, सिर्जनाको मुटु होस्, जीवनको प्रकाश होस्, जसले हामीलाई गतिशील सङ्घर्ष, बेचैनी पैदा गराओस्, नसुताओस्”३ प्रेमचन्दले सुन्दर रचनाका लागि विचार र कला (अन्तर्वस्तु र रूप) दुवैको पैरवी गरेका छन् । उनी गुलियो विषादी खाने पक्षमा छैनन् । त्यसैगरी, जर्ज बर्नाड शा लेख्छन्, “जो मानिस आफ्नो जीवन र समयका बारेमा लेख्छ, त्यही मानिस सबै मानिस र सबै कालका निम्ति लेख्दछ ।”४ हामी बाँचेको समय र समयका चोटहरूका पीडा र खुसीहरूको लेखन नै जीवन देख्दछन्, जर्ज बर्नाड शा । जीवन र समयदेखि बेखबर रचना सुन्दर हुनै सक्दैन ।

सुन्दर रचनाका सम्बन्धमा माओ त्से तुङको भनाइ छ, “राजनीतिक रूपबाट जतिसुकै प्रगतिशील भए पनि कलाका कृतिहरूमा कलात्मक गुण भएन भने तिनमा शक्ति हुँदैन । हामीले साहित्य र कलाका प्रश्नहरूमा दुबै मोर्चामा सङ्घर्ष चलाउनुपर्दछ ।”५ प्रगतिवादी सौन्दर्य चिन्तनले रचनामा कला र विचार (अन्तर्वस्तु र रूप) दुबैको उचित तालमेलको माग गर्दछ । एउटाको अभावमा अर्कोको महत्व र उपादेयता ¥हास हुने कुरामा माओ सचेत हुनुहुन्थ्यो । हामीलाई पोषिलो (अन्तर्वस्तु) र रसिलो (रूप पक्ष) दुबै चाहिएको छ । लेखनकलाका सम्बन्धमा अर्नेस्ट हेमिंग्वेको भनाइ छ, “वर्णन मात्र गर्नुको साटो त्यसलाई माझ्दै खँदिलो आधार दिनुपर्छ, जीवन दिनुपर्छ । त्यो रचिन्छ, वर्णित गरिन्न । यो यो तिम्रो सिर्जनात्मक योग्यताको सीमासम्म सत्य एवम् उन्मुक्त हुन्छ ।”६ यताउताका घोकन्ते शब्दहरूको जुलुस मात्रै रचना होइन । साधना, बौद्धिकस्तर र प्रतिभाको प्रष्फुटन रचना हो । रचनामा रचनाकारको वास्तविक क्षमता र ज्ञानका सीमाहरूको मापन हुन्छ । यसरी विचार र कलाको कसीमा खारिएर मात्र सुन्दर रचनाको जन्म हुन सक्छ । स्रोत ः समकालीन साहित्य र संस्कृति

२०७४ कात्तिक २८ गते अपरान्ह ४ :०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :