भारतमाथि नेपालको सानदार जित / सेमिफाइनलमा पुग्ने

काठमाडौं : नेपाली क्रिकेट खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि एसीसी अन्डर १९ एसिया कप प्रतियोगितामा नेपालले भारतमाथि सानदार जित हासिल गरेको छ । क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत १ सय ६६ रनमा अलआउट भएपछि नेपालले जित सुनिश्चित भएको हो । उक्त खेल नेपालको भारतविरुद्ध क्रिकेट इतिहासकै पहिलो जित भएको बताएको छ । जितसँगै नेपालले शनिबार भारतलाई १९ रनले पराजित गरी सेमिफाइनल पुग्ने आशा ब्युँत्याएको छ । नेपालले अब समूहको अन्तिम खेलमा मंगलबार मलेसियासँग सामना गर्दैछन् । 

२०७४ कात्तिक २८ गते ९ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :