मेनपावर व्यावसायी बरालमाथी कालोमोसो

काठमाडौं : वैदेशिक रोजगार व्यावसायी संघ, कास्कीका अध्यक्ष एवम् पुकार म्यानपावर पोखराका प्रमुख खेम बराललाई नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयम्सेवकका कार्यकर्ताले कालोमोसो दलेर गरेको छ ।
सोमबार पोखरा सभागृह चोकस्थित म्यानपावरको कार्यालयमै युवाहरुले कालोमोसो दलेको हो । विदेश पठाइदिने भन्दै अत्याधिक पैसा लिएर युवाहरुलाई दुख दिएको, युवाहरुका पासपोर्ट लिएर महिनौंसम्म फिर्ता नगरेको, महँगो होटलमा अन्तर्वार्ता लिएर त्यसको आर्थिक बोझ विदेश जाने युवायुवतीहरुबाट उठाएको भन्दै नेकपाले उनीमाथी कारवाही गरेको हो ।
त्यस्तै मेडिकलहरुको साठगाठमा (स्वास्थ्य परिक्षण) मेडिकल गर्दा लाग्ने खर्चको बिल धेरै बनाएर पैसा खाएको, नियमविपरित युवायुवतीहरुको पैसा र पासपोर्ट कब्जा गर्ने गरेको उजुरीको आधारमा उनीमाथी कारवाही गरेको सो सङ्गठनले जनाएको छ ।

२०७४ कात्तिक २७ गते अपरान्ह ४ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :