रोल्पा दिनभर ठप्प

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, रोल्पाले आह्वान गरेको बन्दका कारण आज (सोमबार) दिनभर रोल्पा ठप्प भएको छ । बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन् । गिरफ्तारी परेका नेकपाका रोल्पा इन्चार्ज दलबहादुर खत्री ‘जागृती’ र सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लगायतका नेताकार्यकर्ता रिहाइको माग गर्दै बन्दको आह्वान गरेको हो । साेमबारै थप १ जना रोल्पाका जिल्ला सदस्यलाई सुलिचौरबाट प्रहरीले गिरफ्तार गरेको छ ।

२०७४ कात्तिक २७ गते दिउसो ३ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :