नेकपाका २ कार्यकर्ता गिरफ्तार

दाङ :  नेपाल कम्युनिस्ट पार्टी रुकुमका २ जना जिल्ला सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार सदरमुकाम खलगांबाट मोतीराम खड्का र दिपक विष्टलाई गिरफ्तार गरिएको हो ।

डिएसपीले बोलाउनुभएको छ भन्दै प्रहरीले गिरफ्तार गरेको नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्यूरो सहइन्चार्ज सितलले जानकारी दिएका छन् । साथै इन्चार्ज सितलले पार्टी कामको सिलसिलामा हिडिरहेकोबेला विनाकारण गिरफतार गरिएको भन्दै विनाशर्त रिहाईको माग गरेका छन् ।

२०७४ कात्तिक २२ गते बेलुका ९ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :