तराईमा भारतविरोधी जनमतको अन्तर्य

नेपालमा मैथिली र भोजपुरी भाषा मातृभाषा भएका लाखौँ जनता छन् । अहिले ‘नेपालीय मैथिली र नेपालीय भोजपुरी’ अलग चिनारीमा भाषिक आन्दोलन चलिरहेको छ । भारतको सरोकार भने हिन्दीमा छ । उसलाई नेपालमा मिथिला र भोजपुरा प्रदेश बन्यो भने भारतमा पनि भाषिक प्रदेशको माग उठ्ला भन्ने त्रास छ । त्यसैले मिथिला आन्दोलनका विपक्षमा छ भारत । मिथिला मागको सार्वजनिक कार्यक्रममा बम हानेको घटनामा धेरैले भारततिरै शङ्काको दृष्टिले हेरेका छन् ।

नेपालका विरुद्ध भारतको पछिल्लो नाकाबन्दीपछि तराई–मधेसमा भारतविरोधी जनमत बढ्दै गएको सर्वत्र चर्चा हुन थालेको छ । त्यसअघि काठमाडौँसहित भित्री सहरमा देखिने गरेको मनोविज्ञान आजभोलि तराई– मधेसका सहर र बुद्धिजीवीमा देखापर्न थालेको छ । त्यसो हुनुका पछाडि वस्तुगत करण छन् । यो लेखमा ती विषयमा सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

तराई–मधेस जति खाद्यान्न र व्यापार तथा उद्योगले वैभावशाली छ त्यहाँका श्रमिक जनता त्यत्तिकै गरिब र उत्पादनका साधनको मालिक बन्नबाट वञ्चित छन् । पहाड र हिमालमा गरिब धेरै छन् तर सुकुमबासी कम छन् । तराई– मधेसमा त गरिबभन्दा सुकुमबासी धेरै छन् जसको आफ्नो छानो छैन । तराई–मधेसको जमिनमा मूलतः तीनथरी ठालूहरुको नियन्त्रण हुँदै आएको छ । एक, सयौँ वर्षदेखि नेपालको जमिन तराई–मधेसको जमिनमा सीमावरपरका भारतीय सामन्तले जग्गा कब्जा गरेका छन् । २०३६/०३७ को जनमतसङ्ग्रहमा देशद्रोही महापञ्च सूर्यबहादुर थापाको सरकारले नागरिकता नभए पनि मतदान गर्न पाउने हक दिएको थियो । पञ्चायतलाई जिताउन लाखौँ भारतीयलाई मतदान गर्न ल्याइयो । त्यही मतदाता नामावलीलाई आधार मानेर २०४६ सालपछि नागरिकता प्रदान गरियो । आज तराई–मधेसको जग्गा कब्जा गरेर बसेका अधिकांश भारतीयले दोहोरो नागरिकता लिएर बसेका छन् । दुई, मधेसी मूलका नेपाली सामन्तहरुको हातमा पनि ठूलो परिमाणमा जमिन छ । त्यो समूह सधैँ भूमिसुधारको विपक्षमा उभिन्छ । उनीहरुको सरोकार भूमिसुधारसँग छैन । दिल्ली र काठमाडौँका शासकको चाकरी गर्नु, मन्त्री, सांसद, सचिव, राजदूत पड्काउनु र तराई–मधेसको गीत गाउनु उनीहरुको दिनचर्या हो । तेस्रो, २०१४ सालमा चितवनमा औलो उन्मूलन भयो । त्यस आसपासमा तराईका अधिकांश जिल्लामा औलो उन्मूलन भैसकेको थियो । त्यसपछि पहाडका गरिबगुरुवा पनि तराई झर्न थाले । त्यसअगाडि नै पहाडका सामन्तहरुले तराईको जग्गा कब्जा गरिसकेका थिए । नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा, गुणराज पाठक, केशरजङ्ग रायमाझी, रमेश लेखकजस्ता सामन्तहरुले तराई–मधेसको जग्गा कब्जा गरेका छन् । यी सामन्तहरु भारतपरस्त दलका नेता छन् जसलाई दिल्लीको सहयोग–समर्थन छ । यी सामन्तहरु नै तराई–मधेसका थारू, दलित, जोताहा, हरुवा, चरुवाका दुस्मन हुन् । जनताका दुस्मन नै दिल्लीका प्रियपात्र छन् ।

तराई–मधेसको उद्योग र व्यापारमा भारतीय वा नेपालको नक्कली नागरिकता लिएका (दोहोरो नागरिकता लिएका) भारतीय उद्यमी–व्यापारीको कब्जा छ । विराटनगर, वीरगन्जको व्यापार, सिमरा तथा विराटनगरका उद्योग धेरै छन् । अवस्था कस्तो छ भने बसभाडा खोज्न सक्ने श्रमिक हिउँदमा काम खोज्न पन्जाब जान्छन् । बस भाडासम्म नहुनेहरु चितवन, मकवानपुर, नवलपुर जान्छन् । त्यो स्तरको गरिबीमा यही सूदखोर वर्ग छ । जसले नेपालीभन्दा भारतीय श्रमिकलाई रोजगार दिन रुचाउँछ । किनकि उनीहरुलाई अझ बढी श्रमशोषण गर्न पाइन्छ । सामन्तले जमिन र दलाल पुँजीवादले श्रमशोषण गरेर बाँच्नै नसक्ने अवस्था पैदा गरेको छ ।

पछिल्लो नाकाबन्दी र मधेस आन्दोलनमा दर्जनौँ मधेसी जनताको ज्यान गयो । विद्यालयहरु बन्द भए । पटकपटकको बन्द र हडतालका कारण हुनेखानेका बच्चाहरु काठमाडौँ र भारततिर पलायन हुँदा निजी विद्यालयहरु बन्द हुने अवस्थामा पुगे । असुरक्षाका कारण विराटनगरको बजार इटहरी र वीरगन्जको बजार सिमरातिर सर्दै गएको छ । गौर बजार चपुरतिर र जनकपुर बजार बर्दिबासतिर लस्कँदै छ । सिमानाका बजारहरु बन्दीपुरजस्ता हुँदैछन् । त्यो जनधनको क्षतिको उपलब्धि के ? भारतले त्यसलाई दलालहरुका लागि मन्त्री र भारतका लागि कोसीको पानीसँग साटिरहेको छ । यस्तो भएपछि तराई–मधेसमा भारतका विरुद्ध जनमत नबढेर अरू के हुन्छ त ?

 

दिल्लीले तराई–मधेसको अधिकारको कुरा गर्छ त्यो उसको देखाउने दाँत मात्र हो । तराईका मुट्ठीभर सामन्तहरु र दलाल पुँजीपतिलाई देखाएर काठमाडौँको शासकसँग दिल्लीको स्वार्थ पूरा गर्नु, मोलमोलाइ गर्नु उसको रणनीति हो । उसले तराईका केही कुलीन नेता बोकेर दिल्लीको स्वार्थमा पटकपटक मधेसी–तराईवासी जनतालाई धोका र अपमान लादिरहेको छ । दलाल नेतृत्वका कारण तराईका जनताकै विपक्षमा नकारात्मक बिम्ब बन्न गएको छ । जसले सगर्व घोषणा गर्छ— मधेसी दलहरुको हार, दिल्लीकै हार हो । कहिले देश विखण्डन गर्ने घोषणा गर्छन् । मधेसी जनतालाई उत्पादनका साधनको मालिक बनाउनुपर्ने आधारभूत प्रश्नमा छलफल गर्दैनन् ।

भारतले नेपालका ७१ भन्दा बढी स्थानमा सीमा अतिक्रमण गरेको छ । सीमा क्षेत्रमा उच्च बाँध निर्माण गरेर, नदीको प्राकृतिक बहावलाई अवरुद्ध गरेर, कालापानी, सुस्ता जताततै अतिक्रमण गरेर व्यापक आक्रोश पैदा गरेको छ । नयाँ पुस्तामा सूचना र शिक्षाले पैदा गरेको चेतनाले संवेदना गहिरिँदै गएको छ । नेपालीको अपमान र कहरको एउटा कारण भारत र भारतपरस्त देशको शासक हो भन्ने चेतना बढ्दै गएको छ । भुटानका एकजना नागरिकले सामाजिक सञ्जालमा ‘हामी भारतको इसारामा नितम्ब हल्लाएर बस्ने नागरिक होइनौँ’ भनेभै तराईका नागरिकहरु दिल्लीको इसारामा नितम्ब हल्लाउन चाहन्नन् भन्ने चेतना दिल्लीका शासकमा पलाउन सकेको छैन । कञ्चनपुर र सुस्तामा भारतले लुटपाट र हत्या गरिरहेको छ । त्यसकारण तराई–मधेसमा भारतको विपक्षमा जनमत बढ्नुमा चीन र कम्युनिस्ट होइन, भारतकै हात छ । दिल्लीको रूढिवाद कारक छ ।

नेपालमा मैथिली र भोजपुरी भाषा मातृभाषा भएका लाखौँ जनता छन् । अहिले ‘नेपालीय मैथिली र नेपालीय भोजपुरी’ अलग चिनारीमा भाषिक आन्दोलन चलिरहेको छ । भारतको सरोकार भने हिन्दीमा छ । उसलाई नेपालमा मिथिला र भोजपुरा प्रदेश बन्यो भने भारतमा पनि भाषिक प्रदेशको माग उठ्ला भन्ने त्रास छ । त्यसैले मिथिला आन्दोलनका विपक्षमा छ भारत । मिथिला मागको सार्वजनिक कार्यक्रममा बम हानेको घटनामा धेरैले भारततिरै शङ्काको दृष्टिले हेरेका छन् ।

भारतले भन्सारमा नेपाली व्यापारी र मजदुरको लुटपाट गर्छ । एक खिल्ली चुरोटदेखि एउटा कसैली (सुपारी) हुँदै लाखौँ लुटिन्छन् । अनेक व्यवधान खडा गरेर नेपाली वस्तु निर्यातमा अवरोध गरिन्छ । क्वारेन्टाइन जाँचदेखि गुणस्तरको झन्झट र प्रश्नले नेपाली व्यापारीलाई हैरान पारिन्छ । हरेक दिन सीमामा नेपाली भूभागभित्र पसेर तस्कर समात्ने नाममा भारतले नेपाली बस्तीमा लुटपाट गर्छ । अस्मिता लुट्छ । यस्ता घटनाहरु थोरै मात्र सार्वजनिक हुन्छन् । जब नेपाली पक्षले प्रतिरोध गर्छन् अपराधी समात्ने नाममा नेपालभित्र हतियारसहित प्रवेश गर्छन् । त्यसकारण नेपालमा भारतको विपक्षमा जनमत बढिरहेको छ ।

कोसी उच्चबाँध, गण्डकबाँध, पञ्चेश्वर परियोजना, कर्णाली परियोजना, अरुण तेस्रो यत्रतत्र भारतको ज्यादती छ । नेपालका भ्रष्ट शासकलाई मुठीमा पारेर नेताको दोहन गर्ने उसको नियत नयाँ पुस्ताले नियालिरहेको छ । कोसी बाढी नियन्त्रण गर्न १० वर्षअघि स्थापित विराटनगरको भारतीय कार्यालय सरकारले फिर्ता लैजाऊ भन्दा पनि जाँदैन । यो फौजी हमलाभन्दा कम छैन । वीरगन्जको महावाणिज्य दूतावासले सुराकी, गुप्तचरी र अपराध संयोजनको भूमिका तीव्र पारेको, कूटनीतिक मर्यादामा नबसेको सत्तारूढ दलका नेताकै आरोप र गुनासो छ । भारत नेपालमा डाँका, अपराधी, असुरक्षा निर्यात र असभ्य समाजका रूपमा हेरिन थालिएको छ ।

मुस्लिम समुदायले धार्मिक विद्यालयका रूपमा मदरसा चलाउने गर्छन् । संसारभरि उनीहरु त्यसो गर्छन् । हिन्दु, क्रिस्चियन, बौद्ध सबै धर्मावलम्बीले त्यसो गर्छन् । भारतले नेपालको मदरसाप्रति नकारात्मक दृष्टिले हेर्छ । मदरसा बन्द गराउन नेपाल सरकारलाई दबाब दिन्छ । सीमा वारपारमा लामो दाह्री देख्नासाथ अपमानित हुनुपर्छ । नेपालको मुस्लिम समुदाय भारतीय भूमिकाका कारण त्रसित छ । त्यो समुदाय भारतप्रति नकारात्मक रहिआएको छ । त्यसको कारक दिल्लीको हिन्दु अहंकार हो ।

भारतले भुटानी नागरिक (नेपाली मूलका) आफ्नो भूमि हुँदै नेपाल पठायो जसलाई भारतले नै शरण दिनुपथ्र्यो । उल्टै उनीहरु स्वदेश फर्किन खोज्दा भुटान फर्किन बाटोसमेत दिएन । ती नागरिकलाई भारतले अमेरिकासँग गुप्त सहमति गरेर तस्रो देश अमेरिकामा नयाँ शरणार्थी बनाएर लग्न भूमिका निर्वाह ग¥यो । अभैm बाँकी शरणार्थीका कारण नेपालको आर्थिक, वातावरण र सांस्कृतिक क्षेत्रमा दुष्प्रभाव परिरहेको छ । त्यसको कारण भारत हो भन्ने कसैबाट लुकेको छैन ।

पछिल्लो नाकाबन्दी र मधेस आन्दोलनमा दर्जनौँ मधेसी जनताको ज्यान गयो । विद्यालयहरु बन्द भए । पटकपटकको बन्द र हडतालका कारण हुनेखानेका बच्चाहरु काठमाडौँ र भारततिर पलायन हुँदा निजी विद्यालयहरु बन्द हुने अवस्थामा पुगे । असुरक्षाका कारण विराटनगरको बजार इटहरी र वीरगन्जको बजार सिमरातिर सर्दै गएको छ । गौर बजार चपुरतिर र जनकपुर बजार बर्दिबासतिर लस्कँदै छ । सिमानाका बजारहरु बन्दीपुरजस्ता हुँदैछन् । त्यो जनधनको क्षतिको उपलब्धि के ? भारतले त्यसलाई दलालहरुका लागि मन्त्री र भारतका लागि कोसीको पानीसँग साटिरहेको छ । यस्तो भएपछि तराई–मधेसमा भारतका विरुद्ध जनमत नबढेर अरू के हुन्छ त ?

अहिले अकल्पनीय रूपमा सीमावर्ती भूभागमा भारतका विरुद्ध जनमत बढ्न थालेको हो । हिजो काठमाडौँमा सुनिने भारत विरोध अहिले तराई–मधेसमा सुनिन्छ । त्यसकारण नेपालले तेस्रो देशसँग सम्पर्क गर्नासाथ भारत विरोध ठान्ने मनोविज्ञान, रूढिवाद, दलालबाट भारत बाहिर निस्कनुपर्छ । नेपाललाई ‘ मर्न पनि नदिने, मोटाउन पनि नदिने’ भारतको रणनीति छ । नेपाल बलियो भए आक्रमण वा प्रतिरोध गर्ला भन्ने त्रास, कमजोर भयो भने लुट्न, चुस्न, कज्याउन पाइन्न कि भन्ने त्रास भारतको देखिन्छ । दिल्लीले नेपाललाई समानताको दृष्टिले नहेरेसम्म यो ‘समस्या’ झनै बढ्नेछ । तराई–मधेससहित नेपालको नयाँ पुस्ता दिल्लीको इसारामा ‘नितम्ब हल्लाएर बस्न’ तयार छैन ।

२०७४ कात्तिक १६ गते ९ :२० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :