निकुञ्ज पीडितले धान भित्र्याउन पाएनन्

पदम बोहोरा / कञ्चनपुर : जिल्लास्थित गाउँपालिका ६, चानदेव ढक्का गाउँका ६०४ निकुञ्ज पीडित परिवारले काटेर खेतमा रोखेको धान भित्र्याउन पाएका छैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालको निर्देशनमा, धान झार्न थे्रसर प्रयोग गर्न नदिएकोमा धान खेतमै रहेको, स्थानीय निकुञ्ज पीडित जिल्ला संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले जानकारी दिए । उनले अगाडि भने ‘जिल्ला प्रशासन वन मन्त्रालयसम्म धाउँदा पनि समस्या समाधान भएको छैन । हामीहरूले २०६४ सालदेखि कृषि सामग्री प्रयोग गर्दै आएका थियौँ । अहिले बन्द गरिएको छ । यो विषयामा बुझ्नु खोज्दा ढकालको फोन उठेन ।

२०७४ कात्तिक १६ गते १० : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :