क्रान्तिकारी जनसङ्घर्ष र मिडियाको भूमिका – कृष्ण सेन ‘इच्छुक’

नेपालमा नवसामन्ती राजतन्त्र र विस्तारवादको राजनीतिक, आर्थिक दबदबाले सामन्तवाद र साम्राज्यवादविरोधी मिडियाको ध्रुव तयार गरिदिएको छ यद्यपि नेपालको कम्युनिस्ट आन्दोलनमा संशोधनवाद हावी भएकाले यसले राष्ट्रिय रूप धारण गर्न पाएको छैन ।

आज तेस्रो विश्व र खासगरी दक्षिणएसियाका क्रान्तिकारी जनसङ्घर्षको वस्तुगत स्थिति तीव्र गतिमा बढिरहेको छ । साम्राज्यवादीहरूले नाफामुखी भोकले विश्वका हरेक कुनामा जीवनका हरेक पहलुहरूलाई लुछिरहेको छ । साम्राज्यवादी देशले जनताको मस्तिष्क प्रभावित गर्न आकाश र धर्ती दुवैमा एकाधिकार लादिरहेको छ र दमन विस्तार गरिएका बेला यो क्षेत्रमा जनसञ्चारमाध्यम आँखाका नानी बनिरहेका छन् । सञ्चारमाध्यमहरूमाथि पूर्ण नियन्त्रण कायम गरी साम्राज्यवादीहरू एउटा ढुङ्गाले दुई चरा मार्न चाहन्छन् । एकातर्फ यसले आफ्नो वित्तीय अभिरुचि विस्तार गर्न चाहन्छ र अर्कोतिर यसले विश्वभरिको क्रान्तिकारी आन्दोलनलाई रोक्न चाहन्छ । तानाशाहहरूको एकाधिकार पुँजीवादी चरित्रले कस्तो स्थिति सिर्जना गरेको छ भने यो सुधारवादी आन्दोलनको अब कुनै धैर्य छैन । परिणामस्वरूप, कथित प्रजातान्त्रिक अभ्यास, स्वतन्त्र दृष्टिकोण र प्रेस स्वायत्तताहरू निमोठी सकिएका छन् । मुख्य धाराका आमसञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूमाथि क्रमशः दमन बढ्दैछ र उनीहरूलाई शासक वर्गीय रुचिको सेवा गर्न लगाइँदैछ । स्वतन्त्र पत्रकारहरू जो सापेक्षित रूपमा बढी राष्ट्रवादी, साम्राज्यवाद र सामन्तवादविरोधी छन्, उनीहरूलाई आतङ्ककारीको बिल्ला भिराइँदैछ र उनीहरूको पेसामाथि क्रमशः दबाब सिर्जना गरिँदैछ । जनसङ्घर्षमा सहभागी पत्रकारको चुनौती उनीहरूलाई जनसङ्घर्षतर्फ आकर्षित गर्नु छ । यो सम्भव छैन भने उनीहरूलाई तटस्थ राख्नुपर्छ ताकि उनीहरू दक्षिणपन्थी प्रतिक्रियावादी क्याम्पमा नजाऊन् ।

यसैगरी आमसञ्चारमाध्यमको व्यवसायीकरणले दिनदिनैका जनसङ्घर्ष, मजदुर सङ्घर्षका बारेमा ठूलो मूल्य चुक्ता गर्दै समाचार सङ्कलन गर्नेहरूको सङ्ख्या पनि बहुमत छ । जातीय, क्षेत्रीय, लैङ्गिक विषयवस्तुमा मिडियाले साम्रैसँग समाचार सङ्कलन गरिरहेका छन् । जनसङ्घर्षका पक्षमा काम गरिरहेका मिडियाकर्मीहरूको चुनौती मुख्य धाराका पत्रकारलाई एउटा आमबाटो बनाउनु र उनीहरूलाई अन्यायविरुद्ध लड्ने र आत्मोचक ढङ्गले भन्डाफोर गर्ने बाटो सिकाइदिनुपर्ने छ । हामीले अब के जान्न’पर्दछ भने वर्तमान एकाधिकार पुँजीवादी पद्धतिविरुद्ध सुधारवादी किसिमले लड्न सकिनेछैन । क्रान्तिकारी आन्दोलनले यसको घाँटी निमोठ्न लागिसकेको छ, हामी क्रान्तिकारी मिडियाले यो अवसरलाई समात्नै पर्दछ ।

दक्षिणएसियामा क्रान्तिकारी जनसङ्घर्ष र दक्षिणएसियामा मिडियाको भूमिका

आज दक्षिणएसिया अन्तर्विरोध र द्वन्द्वको केन्द्रबिन्दु बनेको छ । नेपालमा ने.क.पा. (माओवादी) को नेतृत्वमा जनयुद्ध सिङ्गो देशभर पैmलँदैछ । यसैगरी क्रान्तिकारी सशस्त्र सङ्घर्षहरू एमसीसी, पिपुल्स वारको नेतृत्वमा बिहार, दण्डकारण्य र आन्ध्रप्रदेशमा पैmलिरहेका छन् । त्यस्तै कास्मिर र उत्तरपूर्वी क्षेत्रमा राष्ट्रिय मुक्ति आन्दोलनहरू भइरहेका छन् । श्रीलङ्कामा तामिल मुक्ति सङ्घर्ष भइरहेको छ । पाकिस्तान र अफगानिस्तानजस्ता देशहरूमा युद्धविरुद्ध जातीय मौलिक सङ्घर्ष बढ्दैछ । यी सबै सङ्घर्षहरू साम्राज्यवादी दमनका परिणाम हुन् । साम्राज्यवादले यी युद्धहरू आफ्नो युद्ध उद्योग फस्टाउने माध्यम बनाएको छ । हत्याहरूबाट उसले त्यो उद्योगमा नाफा आर्जन गरेको छ । हरेक सत्यहरूलाई ऊ कि लुकाइरहेको छ कि रहस्यमय बनाइरहेको छ । यस्तो स्थितिमा मिडियाको भूमिका बढेर गएको छ । यो क्षेत्रका जनताले उनीहरूका देशका शासकको दमन खेप्दा भारतीय विस्तारवादको दमन पनि जोडिएको हुन्छ । अमेरिकी साम्राज्यवादको सहयोगमा भारतीय विस्तारवादले यो क्षेत्रका प्राकृतिक सम्पदामाथि हस्तक्षेप गरिरहेको छ । यसले यो क्षेत्रमा झन् सङ्कट निम्त्याएको छ । भारतका मुख्य धाराका मिडिया विस्तारवादी साधन भएका छन् । यो गोप्य छैन, भारतीय मुख्य धाराका मिडिया सुरक्षा, सेना र विदेश सम्बन्धमा सरकारद्वारा प्रत्यक्ष नियन्त्रित छ । परिणामस्वरूप भारतीय मिडियाहरू यो क्षेत्रका आन्दोलनलाई भारतीय शासकवर्ग विरोधी वा समर्थकमा बाँडेर लेख्ने गर्दछन् । भारतका शासक वर्गीय मिडियाले पाकिस्तानको आन्दोलनमा मानवअधिकार हनन भएको चर्को हल्ला गर्दछन् तर त्यस्तै प्रकारले भरतले कास्मिरमा घोर मानवअधिकार उल्लङ्घनलाई चर्चा गर्दैनन् । भारतमा एमसीसी र पिपुल्स वारको जनसङ्घर्षका घटनालाई न्यून मूल्याङ्कन गरिन्छ जब कि रणवीर सेनाका गलत गतिविधिलाई राम्रो बनाइन्छ । जनसङ्घर्षलाई आईएसआईद्वारा निर्देशित वा लगानी गरिएको भन्दै राष्ट्रविरोधी बनाइन्छ । नेपालको जनयुद्धबारे भारतीय मिडियाले पहिलो प्रतिक्रिया मतलब नै नगर्ने थियो तर जनयुद्धले विजय हासिल गर्दै गएपछि र यो पैmलँदै गएपछि यसलाई पनि आईएसआईद्वारा निर्देशित र पोषित भनेर बेइज्जत गर्न खोजिँदैछ । त्यसैले भरतीय पत्रिकाहरूले जनसङ्घर्षको विरोध गर्दै जनविरोधी काम गर्दैछन् ।

जनसङ्घर्षका पक्षमा मिडिया अभियान सञ्चालन गर्न मुख्यतया अमेरिकी साम्राज्यवादी देशहरू र तीद्वारा समर्थित भारतीय विस्तारवादविरुद्ध केन्द्रित हुनुपर्छ । अर्को चुनौती सबै जातीय, क्षेत्रीय य’द्धहरूलाई वर्गयुद्धसँग जोडेर तिनलाई जनसङ्घर्षको रूप दिनुपर्छ । यसका लागि विभिन्न देशका क्रान्तिकारी लेखक, कलाकारहरू एकीकृत हुन आवश्यक छ । रिम आफ्नो आधिकारिक प्रकाशन ‘ब् ध्यचमि तय ध्ष्ल’ मार्पmत विश्वभरिका जनसङ्घर्षको प्रचार गर्छ ।

जनयुद्ध र नेपालमा आमसञ्चारमाध्यमको भूमिका

सामान्यतया वामपन्थी पत्रपत्रिकाले आफ्ना सामग्री प्रकाशन गर्न त्यति समस्या भोग्नुपरेको छैन । नेपालमा वामपन्थी आन्दोलनको महत्व धेरै भएका कारणले यसो भएको हो । परिणामस्वरूप नेपालमा ठूला लगानीकर्ताबाट सञ्चालित पत्रिकासँग वामपन्थी पत्रिकाले राम्रैसँग प्रतिस्पर्धा गरिरहेका छन् । नेपालमा नवसामन्ती राजतन्त्र र विस्तारवादको राजनीतिक, आर्थिक दबदबाले सामन्तवाद र साम्राज्यवादविरोधी मिडियाको ध्रुव तयार गरिदिएको छ यद्यपि नेपालको कम्युनिस्ट आन्दोलनमा संशोधनवाद हावी भएकाले यसले राष्ट्रिय रूप धारण गर्न पाएको छैन । तर जब माओवादी जनयुद्ध सुरु भयो तब क्रान्तिकारी पत्रकरिताले प्रतिक्रियावादी राज्यसत्तालाई चुनौती दिन थाल्यो । त्यसपछि जनयुद्धमा संलग्न र समर्थक मात्रै होइन, सञ्चारकर्मीहरू पनि राज्यको दमनमा पर्न थाले । तीमध्ये केहीलाई जेल हालियो, केही बेपत्ता छन्, पत्रिका कार्यालय, कम्प्युटर कार्यालयमाथि आक्रमण गरियो । मुख्य धाराका स्वतन्त्र पत्रकारलाई पनि राजा वीरेन्द्रको वंशनाशबारे समाचार लेख्दा जेल हालियो । त्यसैले सरकारले प्रेसमाथि गरेको दमनविरुद्ध नेपाली प्रेसको एकता महत्वपूर्ण छ । चिनियाँ सांस्कृतिक क्रान्तिका बेला प्रगतिशील पत्रकारहरूको विशाल एकता गरिएको थियो । यसले आज प्रभावकारी रूपमा काम गरिरहेको त छैन तर अहिलेको अवस्थामा उच्च प्रकारको एकता र सहकार्य आवश्यक छ । पहिले क्रान्तिकारी मिडियाहरू बाँच्न निकै गाह्रो हुन्थ्यो तर जनयुद्धको विस्तारले यो हल भएको छ । वास्तवमा जनयुद्धका खबर जान्ने भोक कति बढेको छ भने प्रतिक्रियावादी सञ्चारमाध्यमले पनि जनयुद्धका खबरलाई ठूलो स्थान दिन थालेका छन् । वार्ताका बेला जनयुद्धविरुद्ध केही भ्रम सिर्जना गरिए पनि यसको महानताले त्यो सबै कम विश्वसनीय भयो ।

निष्कर्ष

क्रान्तिकारीको पैmलावटका लागि आत्मगत र वस्तुगत आधार पर्याप्त र फराकिलो छ भने कसैले क्रान्ति रोक्न सक्दैन । जनसङ्घर्षका कामहरू बढ्दै गर्दा दक्षिणएसियाका विभिन्न भागमा माक्र्सवादी साहित्य पनि एक देशबाट अर्को देशमा पैmलँदै ग्एको छ । विशेषगरी यो नेपाल र भारतबीचमा भइरहेको छ । हामीसँग भारतका धेरै ठाउँबाट गएका माक्र्सवादी साहित्य पाइन्छन् । हिन्दी र अङ्ग्रेजी भाषाबाट धेरै पुस्तक नेपालीमा उल्था गरिएका छन् । त्यस्तै नेपालको जनयुद्धबारे भारतीय जनतालाई जानकारी दिन अङ्ग्रेजी र हिन्दीमा धेरै किताब लेखिएका छन् । ने.क.पा.(माओवादी) पनि सञ्चारमाध्यमलाई देशभित्र र बाहिर फैलाउन चिन्तित देखिन्छ । परिणामस्वरूप उनीहरूको राजनीतिक एजेन्डामा मिडियासन्दर्भ पनि परेको छ । हालै पार्टीको केन्द्रीय समितिदेखि सबै जनवर्गीय सङ्गठनसम्म मिडियाको महत्वबारे खुला छलफल भयो र प्रतिक्रिया माग्ने काम भयो । यसले पत्रिकाको भूमिका बृहत् बनाउन सहयोग गर्‍यो । यसबाहेक नेपाली भाषामा कयौँ पत्रिकाले जनयुद्धको प्रचार गरिरहेका छन् । ने.क.पा. (माओवादी) को एउटा अङ्ग्रेजी भाषाको अन्तर्राष्ट्रिय प्रकाशन पनि छ । यहाँ विश्वभरि जनसङ्घर्षको प्रचार गर्न रिम र उसको प्रकाशन  ‘A World to Win’ को भूमिका उल्लेखनीय छ । यो हालै हिन्दीमा पनि प्रकाशित हुन थालेको र यसप्रति स्थानीय चासो पनि बढ्दै छ ।

हामीलाई एड्गर स्नो र आग्नस स्मेल्डीजस्ता सक्रिय पत्रकार चाहिएको छ जसले चिनियाँ क्रान्तिलाई विश्वव्यापी बनाउन सहयोग गरे । यहाँ अमेरिकी पत्रकार ली अनेस्टोको भूमिका पनि उल्लेखनीय छ । उनी नेपालका रुकुम, रोल्पा घुमिन् र नेपालको जनयुद्धबारे विश्वभरिका जनतालाई जान्न सहयोग गरिन् ।
आज जनयुद्ध गरिरहेका पार्टीहरू र विभिन्न मुक्ति आन्दोलनहरूलाई एकअर्कामा संयोजन गर्नु आवश्यक छ ता कि यसले विश्वक्रान्तिको आधार तयार गरोस् । यस्तै क्रान्तिकारी जनसङ्घर्षका पक्षमा लेख्ने मिडियाबीच पनि सहकार्य आवश्यक छ । आशा गरौँ, साप्जाले यो ड्युटी पूरा गर्नेछ ।

२०७४ कात्तिक १६ गते मध्यान्ह १२ः०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :