राजाको जस्तो प्रचण्डको सवारी

सुशन छेत्री/चितवन : चितवनका बासिन्दाले प्रचण्डको चितवन सवारीलाई महाराजाको सवारीको संज्ञा दिएका छन् । आगामी मङ्शिर २१ गते हुन लागेको प्रदेश सभाको चुनाबमा चितवन ३ बाट उमेदवारी दर्तागर्न बिहिबार प्रचण्ड चितवन आएका बेला सर्वसाधारणलाई सडकमा हिँड्नसमेत रोक लगाइएको थियो । यसरी सडकमा हिंड्नसमेत रोक लगएपछी चितवनका बासिन्दा हैरान भएर यस्तो संज्ञा दिएका हुन् । अस्पाताल जस्तो संवेदनशील छेत्रमासमेत हिंड्न रोक लगाइएको छ । नेकपा चितवनले चुनाब खारेजी अभियान तीव्ररुपमा अगाडी बढाएकाले सर्वसाधारणमाथि यसरी कडाइ गरेको अनुमान गर्न सकिन्छ ।

२०७४ कात्तिक १६ गते मध्यान्ह १ः२० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :