सर्वोच्चको आदेश कार्यान्वयन गराउन भूतपूर्व गोर्खा सैनिकहरू सडकमा उत्रिए

सर्वोच्चको आदेश कार्यान्वयन गराउन भूतपूर्व गोर्खा सैनिकहरू सडकमा उत्रिए

काठमाडौँ : ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) मा आबद्ध भूतपूर्व गोर्खा सैनिकहरु नेपाल सरकारको नाममा सर्वोच्च अदालतले गरेको निर्देशनात्मक आदेशको कार्यान्वयनका लागि दबाब दिन सडकमा उत्रिएका छन् । माघ १७ गते पत्रकार सम्मेलन गरेर संघर्ष थालेको बिगेसोले बुधबार (माघ २४) गते सडकमा उत्रिएर अदालतको आदेश कार्यान्वयनका लागि सरकारलाई दबाब दिए ।

बागबजारमा जम्मा भएका सैयौं गोर्खा सैनिकहरु बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सहिदगेट सुन्धरा, वायुसेवा निगम, न्यूरोड, विशालबजार, इन्द्रचोक, असन हुँदै पुनः शान्तिबाटिकामा पुगेर विरोधसभामा सहभागी भएका थिए । भूतपूर्व गोर्खाहरुका मागहरु उल्लेख गरिएका प्लेकार्ड र नाराजुलुससहित प्रदर्शन गरिएको थियो ।

विरोधसभालाई बिगेसोका सल्लाहकार परि थापा, हिरण्यलाल श्रेष्ठ, सीताराम तामाङ लगायतले सम्बोधन गर्नुभएको थियो । उहाँहरु सबैले अब सबै पीडित भूतपूर्व गोर्खाहरु सर्वोच्च अदालतले सरकारको नाममा जारी गरेको कार्यात्मक आदेश गराउन सडक संघर्षलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता विगेसोका अध्यक्ष पदम सुन्दर लिम्बुले गर्नुभएको थियो भने सञ्चालन मित्र राईले गर्नुभएको थियो । कार्यक्रममा बिगेसो सिंगापुर गोर्खाका अध्यक्ष पलबहादुर घर्तीमगरले गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बूले अदालतको कार्यात्मक आदेश सरकारले सुनुवाई नगरे सडक संघर्षलाई थप सशक्त रुपमा अगाडि बढाउने चेतावनी दिनुभएको थियो । उहाँले भन्नुभयो, “सम्पूर्ण गोर्खा सैनिक संगठनहरुको हकहितका विषयलाई लिएर त्यसको पक्षमा संगठित र क्रियाशील भैरहेको सबै गोर्खा सैनिक संगठनहरुलाई हाम्रा साझा सरोकारका मुद्दा र विषयहरुमा आपसी सहकार्य गर्दै र एक्येबद्धता जनाउँदै हाम्रो लक्ष्य प्राप्तिको दिशामा अझै बढी गतिशील भएर संघर्षमा अगाडि बढ्का लागि हार्दिक आव्हान गर्न चाहन्छु ।”

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :