क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष किरणद्वारा पाण्डेयप्रति श्रद्धाञ्जली अर्पण

क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष किरणद्वारा पाण्डेयप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले प्रा.डा. ताराकान्त पाण्डेयप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । आइतबार अध्यक्ष किरणले वक्तव्यमार्फत नेपाली प्रगतिवादी साहित्य, जनवादी तथा समाजवादी सांस्कृतिक आन्दोलन र मार्क्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा अग्रपंक्तिमा रहेर स्थापित व्यक्तित्वका रुपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएका प्रा.डा.ताराकान्त पाण्डेयप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । पाण्डेयको ६३ वर्षको उमेरमै यही २०८० पौष २७ गते दाङ भालुवाङमा बस दुर्घटनामा परी आकस्मिक रुपमा निधन भएको थियो ।

श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “कमरेड ताराकान्त पाण्डेय इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्षका साथै पार्टीको केन्द्रीय स्कूलिङ विभागमा कार्यरत हुनुहुन्थ्यो । ७ नं. तथा ६ नं. प्रदेश र प्रवास ‘क’ क्षेत्रको संयुक्त स्कूलिङ कार्यक्रममा प्रशिक्षण दिएर काठमाडौं फर्कने क्रममा हुन गएको उहाँको निधनले हामी अत्यन्तै स्तब्ध तथा भावविह्वल भएका छौँ । उहाँको निधनबाट साहित्यक तथा सांस्कृतिक आन्दोलनका साथै बौद्धिक आन्दोलनका क्षेत्रमा समेत अपूरणीय क्षति हुन गएको छ ।

प्रा.डा. ताराकान्त पाण्डेयकी श्रीमती, एक छोरी र ज्वाईं हुनुहुन्छ । हाम्रो पार्टी यस दुःखद् घडीमा कमरेड ताराकान्त पाण्डेयप्रति भावपूर्व श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना समेत व्यक्त गर्दछ । यो बेला हामी शोकलाई शक्तिमा बदल्दै दृढतापूर्वक अगाडि बढ्नु पर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :