यो हो कोरिया, जनगणतन्त्र कोरिया !!

गीत

यो हो कोरिया, जनगणतन्त्र कोरिया !!

संसारकै श्रमजीवी जनताको मित्र हो
उत्पीडित–सर्वहारा श्रमिकको साथी हो
त्याग, बलिदान, चेतनाको गौरवगाथा कोरिया
संसारकै मानिसको स्वाभिमान हो कोरिया !

यो हो कोरिया, जनगणतन्त्र कोरिया !!

साम्राज्यवाद यसलाई देखी थर्र–थर्र काँप्दछ
यसको नाम लिनासाथ पागल–प्रलाप हाँक्दछ
क्रान्तिकारी–देशभक्त यसलाई देखी सुर्रिन्छन्
जनताका वैरीहरू आफैँ मुर–मुर्रिन्छन् !

यो हो कोरिया, जनगणतन्त्र कोरिया !!

संसारलाई भेदन गर्ने यन्त्र बनाउँछ आफैँ
जुछे विचार, समाजवाद फैलाउँछ यो सधैँ
राष्ट्रपति किम इल सुङको दूरदृष्टि यसमा छ
नेता किम जोङ इलको सङ्गुन नीति त्यसमा छ !

यो हो कोरिया, जनगणतन्त्र कोरिया !!

युवा नेता किम जोङ उनको सफल छ नेतृत्व
देशका लागि लड्न–मर्न तयार छ भ्रातृत्व
समाजवाद र जुछे विचार तन–मनमा छ सबैको
देशभक्त–क्रान्तिकारी विचार छ फुलेको !

यो हो कोरिया, जनगणतन्त्र कोरिया !!

ट्रम्प–बाइडेनलाई धाप मार्छ शक्तिशाली कोरिया
दासताका विरुद्धमा होक्काँ गर्छ कोरिया
स्वाभिमानको राज छ, समाजवादको ताज छ
विचारको उच्चतामा जगमगाउँछ कोरिया !

यो हो कोरिया, जनगणतन्त्र कोरिया !!

नाकाबन्दी झेलेर, प्रतिबन्ध सहेर
टिकेको छ आफ्नै पौरख, देश, जनता भनेर
अढाइ कोटी कोरियालीबाट पाठ सिक्नुछ
वैरीलाई तह लाउन पूरै बल झिक्नु छ !

यो हो कोरिया, जनगणतन्त्र कोरिया !!

नेपालमा नि समाजवाद ल्याउने हाम्रो धोको छ
दलाल–जाली व्यवस्थाले देश खोक्रो भा’को छ
नेपाल–कोरिया लेखक/पत्रकार मञ्च छ
कोरियाको विश्वास छ, हाम्रो यात्रा लम्कन्छ !

यो हो कोरिया, जनगणतन्त्र कोरिया !!

दुई देशका जनताबीच सम्बन्ध छ अटुट
कोरिया र नेपालको नाता बन्छ प्रगाढ
आऊ सबै उत्पीडित क्रान्ति–झन्डा समाई
दुई देशको वर्ग–नाता गाढा पारौँ रमाई !

यो हो कोरिया, जनगणतन्त्र कोरिया !!

(नेपाल–कोरिया लेखक/पत्रकार मञ्चको पाँचौँ राष्ट्रिय भेलाका लागि प्रस्तावित)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :