इलाम जिल्लाको एकता अधिवेशन सम्पन्न

इलाम जिल्लाको एकता अधिवेशन सम्पन्न

इलाम : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको इलाम जिल्लाको एकता अधिवेशन शानदाररुपमा सम्पन्न गरेको छ । अधिवेशनले ध्रुवको संयोजकत्वमा ९ सदस्यीय इलाम जिल्ला संगठन समिति चयन गरेको छ ।

इलाम जिल्लाको रोङ गाउँपालिकास्थित कुटीडाँडामा मङ्गलबार सम्पन्न भएको अधिवेशनका प्रमुख अतिथि पाटीका केन्द्रीय सचिवाल सदस्य तथा १ नं. प्रदेशका संयोजक सङ्कुलले पार्टी केन्द्रको भाव संप्रेषणसहित प्रशिक्षण मूलक मन्तब्य राखेका थिए ।

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य एवम् प्रदेश संगठन समितिका सह–संयोजक नरेश तथा केन्द्रीय सदस्य एवम् झापा–इलाम इन्चार्ज विमलको अतिथ्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता ध्रुवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :