क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनवलद्वारा मसाल जुलुस

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनवलद्वारा मसाल जुलुस

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सुनवल नगर संगठन समितिको आयोजनामा सुनवल–७ अस्नैया चोकमा मसाल जुलुस सम्पन्न गरिएको छ ।

एमसीसी खारेज गर, एमसीसीका मतियार दलालहरु होसियार जस्ता चर्का नाराबाजी गर्दै निकालिएको मसाल जुलुसले सुनवल–७ र ८ का बिभिन्न स्थान परिक्रमा गरेको थियो ।

जुलुसपछि अस्नैया चोकमा आयोजित कोणसभामा पार्टीका महाधिवेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गरेर संसद्वादीहरुले देश र जनतालाई धोका दिएको बताए । उनले एमसीसी अमेरिकी साम्राज्यवादको सैन्य रणनीति रहेको बताउँदै एमसीसीका मतियारहरुलाई समेत जनताले लखेट्नुपर्ने औल्याए ।

पाार्टीका सुनवल नगर संयोजक रवि पुनको नेतृत्वका निकालिएको जुलुसमा पार्टीका नेवा : मोर्चाका जिल्ला संयोजक चन्द्रमान मानन्धर, पार्टी सुनवल वडा नम्बर ७ का संयोजक बिजय चापागाई, सुनवल –८ का संयोजक अशोक चित्रकार, दलित मोर्चाका अगुवाहरु ऋषिराम बिक, बाबुराम बिक महिला नेतृ पुतली बिकलगायतको सक्रियता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :