बुटवलमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया सम्पन्न

बुटवलमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया सम्पन्न

बुटवल : विवादास्पद राष्ट्रघाती एमसीसी परियोजना र त्योसँगै निम्त्याईएको खतराले देखिएको राष्ट्रिय स्वाधीनतालाई लिएर बुटवलमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) रुपन्देहीको संयुक्त आयाेजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले राष्ट्रघाती एमसीसी गम्भीर खालको अन्तर्राष्ट्रिय सैन्य रणनीति भएको टिप्पणी गरेका छन् । उनले सरकारले जानाजान आफ्नो स्वार्थ र सत्ता टिकाउन यस्तो जालझेल र षड्यन्त्र गरेको आरोप समेत लगाए । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल विरहीले ७ पृष्ठको अवधारणा पत्र प्रस्तुत गर्दै  राष्ट्रघाती एमसीसी कसरी आयो, कसरी ल्याउने र सम्झौता गराउने षड्यन्त्र गरियो, यसका सैन्य रणनीतिका बारेमा अवधारणा पत्रमा खुलस्त पार्दै चीनले विश्वमा कहीकतै सैन्य हस्तक्षेप नगरेको बताए 

यसैगरी नेकपा मशालका केन्द्रीय प्रतिनिधि दिपक पौडेलले राष्ट्रघाती एमसीसी गम्भीर राष्ट्रघात भएकोले कार्यन्वयन हुन नदिन चौतर्फी दबाब बढाउन जोड दिए । तथ्यांक यस्तै एकीकृत समाजवादीका केन्द्रीय सदस्य बाबुलाल यादवले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको षड्यन्त्रको भुमरीमा फस्न नहुने भन्दै एमसीसी विरुद्ध जनदबाब बढाउन जरुरी रहेको जिकिर गरेका छन् । त्यसैगरी नेपाल समाजवादीका प्रदेश उपाध्यक्ष नारायण नागिलाले विकासका बहानामा ल्याइएको एमसीसीले नेपाली जनताको हित नगर्ने दाबी गरेका छन् । म डाक्टर बाबुराम भट्टराईको कार्यकर्ता हुँ,उहाँ यो परियोजनाको पक्षमा हुनुहुन्छ तर यो परियोजना गलत छ, खारेज हुनुपर्छ उनको जोड थियो ।

कार्यक्रममा नागरिक अगुवा, पदम कार्की, विन बहादुर कुवंर, मधेसी मोर्चाका तर्फबाट विनोद उपाध्याय, वैज्ञानिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष शशी विक, नेकपा (मशाल) का केन्द्रीय प्रतिनिधि दिपक पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा नेकपाका पिविएम तथा पुर्वी लुम्बिनी ब्युरो इन्चार्ज वसन्त सी, केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज शरद सी लगायतको उपस्थिति थियो ।

नेकपा रुपन्देहीका सेक्रेटरी विरेन्द्र सीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन विनोद मरासिनीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :