क्रान्तिकारी कम्युनिस्ट पार्टी बाँकेको खजुरा गाउँपालिकाको एकता भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी बाँकेको खजुरा गाउँपालिकाको एकता भेला सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल खजुरा गाउँपालिकाको एकता भेला सम्पन्न भएको छ । सोमबार एकता भेलाले शक्तिको अध्यक्षतामा २५ सदस्यीय नगर संगठन समिति गठन गरेको हो ।

भेलाको प्रमुख अतिथ्यता पार्टी केन्द्रीय सचिवालय सदस्य, ६ नम्बर प्रदेश सह–संयोजक तथा बाँकेका इन्चार्ज दिपक शाहीले पार्टीले गरेको केन्द्रीय र प्रदेश जिल्लाले गरेको निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन गर्दै संघर्षका कामहरु भित्तेलेखन, शिक्षा र स्वास्थ्य नि:शुल्क गर्ने र नगर र गाउँपालिकाका एकता भेला वडा तहसम्म गर्ने स्कुल र प्रशिक्षणलाई अभियानको रुपमा सञ्चालन गर्न सम्पूर्ण रुपमा लाग्ने र स्थानीय तहमा भए गरेका भ्रष्टाचार, जनताका जनजिविका जनतन्त्र राष्ट्रियताको सवै सवालहरुलाई (एमसीसी खारेज गर्न, सिमा अतिक्रमण रोक्न, लिम्पियाधुरा लिपुलेकको जनगणना गर्ने) लिएर व्यापक संघर्ष सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा शिक्षा क्षेत्रमा भएको माफिया र कापी किताबमा भएको दलाली रोक्नुपर्ने समेतमा जोड दिए । यसै सन्दर्भमा खजुरामा बीस वर्षदेखि वसोवास गरि रहेका जनतालाई व्यावस्थित वसोवासको व्यवस्था गरि शहरलाई व्यावस्थित गर्नुपर्ने र अन्यथा जवर्जस्ती जनतालाई उठाउन खोजे जनताले गर्ने न्यायको लडाइँमा हाम्रो पार्टीले पनि निसर्त सादिने समेत बताए ।

सहभागी अतिथिहरु पार्टीका के.स. कृष्ण शाह, बाँके जिल्ला संयोजक विशाल खाँ, सह–संयोजक बीरबहादुर परियार, जिल्ला कार्यालय सदस्य प्रेम थापा, तिलक गिरी, नुर सागर, सुनिल र तपेन्द्र सहभागी थिए भने कार्यक्रमको सञ्चालन तिलकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :