एमसीसी परियोजना कार्यान्वयनको विरोधमा भक्तपुरमा कोणसभा सम्पन्न

एमसीसी परियोजना कार्यान्वयनको विरोधमा भक्तपुरमा कोणसभा सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल आदिवासी जनजाती महासंघ ३ नम्बर प्रदेशको आयोजनामा शनिबार भक्तपुरको चागुनारायण नगरपालिका खोरी तामाङ बस्तीमा र सुर्यविनायक चोकमा गरी दुइ स्थानमा कोणसभा सम्पन्न भएको छ । भक्तपुरको चागुनारायण नगरपालिका खोरी तामाङ बस्तीमा सम्पन्न कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य तथा तामाङ मुक्ती मोर्चाका केन्द्रिय कोषाध्यक्ष रङ्गवीर दोङ, पार्टीका केन्द्रिय सदस्य तथा अखिल नेपाल आदिवासी जनजाति महासंघका ३ नम्बर प्रदेश संयोजक श्रीकृष्ण सुलुले मन्तव्य राख्नु भएको थियो भने उक्त कार्यक्रमलाई अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य तथा तामाङ मुक्तिमोर्चाका सचिवालय सदस्य प्रेम मोक्तानले संचालन गर्नुभएको थियो।

यसैगरी भक्तपुरको र्सुविनायक चाकको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका भक्तपुर जिल्ला संयोजक रोजन , अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य तथा नेवा मुक्तिमोर्चाका उपाध्यक्ष गोर्की श्रेष्ठले मन्तव्य राख्नु भएको थियो भने उक्त कोणसभालाई महासंघका केन्द्रिय सदस्य तथा तामाङ मुक्तिमोर्चाका केन्द्रिय महासचिव सुरेस तामाङले संचालन गर्नु भएको थियो।

‘पहिचान सहितको संघीयताको लागि संघर्ष गरौं, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, एमसीसी खारेज गरौं’ भन्ने मूलनारा सहित कार्यक्रममा बोल्दै नेताहरुले एमसीसी परियोजनालाई कुनैपनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिनु भएको थियो । यो दलाल राज्यसत्ताले नेपाली जनताको मर्म र भावना बिपरित जनतालाई धोका दिएर रास्ट्रघाती एमसीसी पारित गरेका थिए ।

अमेरिकी साम्राज्यवादका मतियार भ्रष्ट सरकारले जुन एमसीसी परियो जनालाई यहि भाद्र १४ देखि कार्यनयन गर्ने भनी रहेको छ। तर यो परियोजना नेपाल र नेपालीजनताहरुको हितमा कदापी नभएको भन्दै कार्यान्वयन होइन, पुर्णरुपमा खारेज गर्नु पर्ने धारणा कोणसभाका वक्ताहरुले राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :