क्रान्तिभित्र क्रान्ति विरोधीहरु

क्रान्तिभित्र क्रान्ति विरोधीहरु

के क्रान्तिभित्र क्रान्ति विरोधीहरु हुन्छन् ? यो एउटा गम्भीर प्रश्न हो । र यस्को उत्तर वर्तमान विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा स्पष्टसित बाहिर आएको छ । क्रान्ति र त्यो पनि सर्वहारावर्गीय क्रान्तिका कुरा गर्दा मार्क्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ क्रान्तिको चम्किलो शिखर चुम्न सफल नेताहरु हुनुहुन्छ । कार्ल मार्क्सले भन्नुभएको छ “विज्ञानमा राजसी बाटो हुँदैन् ।” मार्क्सवाद एउटा विज्ञान हो, त्यसैले साँचो अर्थमा माक्र्सवादी हुनु भनेको पनि राजसी बाटोमा लाग्न खोजेर सम्भव छैन् । त्यसमा अझ जोड दिंदै उहाँले भन्नुभएको छ “र, तीनीहरूका लागि मात्रै चम्किलो शिखरमा चुम्न सम्भव छ, जसले नथाकिकन यसको ठाडो उकालो चढने कामदेखि डराउदैनन् ।” यसलाई अझ व्याख्या गर्दै जाँदा र सरल भाषामा यसरी भन्न सकिन्छ “सर्वहारा वर्गका क्रान्तिकारी नेताहरू जसले उहाँहरूको सम्पूर्ण जीवन मार्क्सवादी सिद्धान्तको स्थापना र विकासका लागि खर्च गनु भयो । उहाँहरूको चम्किलो तथा गौरवमय उदाहरणको अनुसरण गरेर साम्यवादलाई विश्वव्यापी रूपमा प्राप्त गर्न सकिन्छ ।”

माथि उल्लेखित विज्ञान सम्मत भनाइहरूले के संकेत गर्छ भने सर्वहारा वर्गको क्रान्तिकारी नेता बन्नका लागि दुई चार वर्षको या केहि दशकको त्याग, तपस्या वा वलिदान मात्रै काफी छैन् । सर्वहारा वर्गको क्रान्तिकारी नेता बन्न प्रथम मार्क्सवादी सैद्धान्तिक हतियारको अध्ययन र त्यसमा विशेषज्ञता प्राप्त गर्नै पर्छ । द्धितीय मार्क्स, लेनिन र माओद्धारा गरिएका कार्यहरूको चम्किलो तथा गौरवमय उदाहरणको अनुसरण गर्ने कोशिस गर्नै पर्छ । त्यसैले कुनै मानव निर्मित हतियारभन्दा ठूलो हतियार भनेको मार्क्सवादी सैद्धान्तिक हतियार नै हो । अनि मात्रै मार्क्सले भनेझै साम्यवादलाई विश्वव्यापी रूपमा प्राप्त गर्न सकिन्छ ।

यो सैद्धान्तिक हतियारभित्र मार्क्स, लेनिन र माओद्धारा गरिएका कार्यहरूको गहन अध्ययन बलियो गरी जोडिएको छ । यहाँ कार्यहरू भन्न्नाले उहाँहरूले देखाएका व्यवहारलाई पनि संगसंगै अनुसरण गर्नु हो । दैनिक जीवनमा तिनीहरुलाई लागु गर्न कोशिस गर्नु हो । यसका लागि धेरै वाङगा टिङगा मोडहरू, विजय र हारहरूकाबीचबाट अघि बढनु आवश्यक छ, जवसम्म विश्वका जनताले फेरी फेरी मानवजातीमा लगाएका जंजीरहरूलाई एक पटक र सदाका लागि ध्वस्त पार्दैनन् ।

त्यसकारण समाजवादी देश निर्माणको अभियानमा लागेका कम्युनिस्टहरू जहाँ सबै निर्णयहरूका लागि आधार “जनताको सेवा गर” भन्ने मानिन्छ तर तिनै कम्युनिस्टहरू जव “धनी वन्नु गौरवको विषय” भन्ने तर्फ आकर्षित हुन थाल्दछन्, अनि कम्युनिस्ट पार्टीभित्र पुँजीवादी पन्थीहरूको बोलवाला नभए र के हुन्छ त ? जब एउटा कम्युनिस्ट पार्टीभित्र पुँजीवादी पन्थीहरूको बोलवाला बढदै जान्छ अनि व्यक्तिगत सुख सुविधा, मोजमस्ति, विलासिताको जीवन, पद, पैसा र व्यक्तिगत प्रतिष्ठाको लागि मरिहत्ते गर्ने प्रवृति बढन थाल्नुमा कुनै अचम्म मान्नै पदैन् । किनभने जसरी पनि सरकारमा जानु, पैसा कमाउनु, धनी वन्नु उनीहरूका लागि गौरवको विषय वन्न जान्छ अनि जनताको सेवा गर भन्ने उनीहरूको लागि असान्दर्भिक विषय वन्न जान्छ । र श्रमजीवी वर्ग, जसको सैद्धान्तिक नेतृत्व स्विकार गर्ने कुरा कम्युनिस्टहरु गर्दछन् तर स्वयम श्रमजीवी वर्ग कम्युनिस्ट पार्टीभित्रै त्यसवारे वेखवर वन्दै जान्छ । यस्तो पार्टीले र त्यसका नेताले क्रान्तिका कुरा गर्नु मार्क्सवादप्रति, सर्वहारावर्गप्रति र सर्वहारावर्गीय क्रान्तिप्रति विश्वासघात नै हो ।

जव सर्वहारावर्गीय क्रान्तिप्रति विश्वासघात हुन थाल्दछ, अनि श्रमजीवी वर्ग जव कम्युनिस्ट पार्टीभित्रै वेखवर वन्दै जान्छ, यस्तो गैर सर्वहारावर्गीय चिन्तन र प्रवृति भएका नेताहरू सत्ता र सरकारमा जानु वा नजानुमा श्रमजीवी वर्ग र किसानहरूका लागि खासै फरक अनुभूति रहदैन् । श्रमजीवी वर्ग समाजको मालिक बन्ने कुरा उनीहरूका लागि भाषणमा मात्रै सिमित वन्न थाल्छ । उनीहरू सत्ता वा सरकारमा गए तापनि श्रमजीवी वर्ग आफ्नो मातहतको प्रशासनीक सत्ताका सबै (सम्भव भए जति पनि) तहमा उनीहरूलाई भर्ना गर्ने र देशको भविश्य कता लैजाने भन्ने निर्णय गर्नेबारे, अध्यन गर्दा, बहस र छलफलगर्दा महत्व दिने गरिदैन् । किसानहरू झनझन गरीव वन्दै जाने, अपहेलित वन्दै जाने, करको भारीले दवाइनु र भएको जग्गा जमिन पनि हडपिदै जानु । शहरको विकासमा गाउँ वस्तिका स्रोत साधनको अपहरण हुँदै जानु । मध्यमवर्ग कमजोर वन्दै जानु , अर्थपूर्ण जिवनबाट वेदखल वन्दै जानु । पार्टीभित्र र बाहिरका फोहोरी धनीहरू रमाउदै जानु यस्तो सरकारको लक्ष्यण हुन जान्छ । जो वर्तमान नेपालमा “कम्युनिस्टहरुको सरकार” मा देख्न मिल्छ ।

“अहिले आफूलाई कम्युनिस्ट भन्नेहरूले ‘साँस्कृतिक क्रान्तिका ज्यादतीहरू’ भन्ने गर्दछन् । तर अहिले चीनमा जे जसरी पुँजीवादको विकास भइरहेको छ, त्यसले के सिद्ध गर्दछ भने कम्युनिस्ट पार्टीभित्रका पुँजीवादी पन्थीहरूको जोड जे जसरी हुन्छ, समाजवादको अन्त्य गरी पुँजीवादको स्थापना थियो जसका लागि ‘साँस्कृतिक क्रान्ति एउटा वाधक वनेर आएको थियो ।’

१९७६मा माओको मृत्युपछि जव चीनमा प्रतिक्रान्ति भयो र सर्वहारा सांस्कृतिक क्रान्तिका नेता तथा समर्थकहरूमाथि दमन हुन थाल्यो अनि चीनीयाँ क्रान्तिकारीहरूले उहाँहरूको अन्तिम लडाइका दौरानमा भनेका निम्न भनाइहरुको महत्व छ, जसमा भनिएको थियो “अहिले आफूलाई कम्युनिस्ट भन्नेहरूले ‘साँस्कृतिक क्रान्तिका ज्यादतीहरू’ भन्ने गर्दछन् । तर अहिले चीनमा जे जसरी पुँजीवादको विकास भइरहेको छ, त्यसले के सिद्ध गर्दछ भने कम्युनिस्ट पार्टीभित्रका पुँजीवादी पन्थीहरूको जोड जे जसरी हुन्छ, समाजवादको अन्त्य गरी पुँजीवादको स्थापना थियो जसका लागि ‘साँस्कृतिक क्रान्ति एउटा वाधक वनेर आएको थियो ।’

जसरी चीनीयाँ क्रान्तिकारीहरूले उहाँहरूको अन्तिम लडाइका दौरानमा भन्नु भएको थियो, जो अहिले चीनमा सावित भएको छ । त्यसैगरी नेपालका कम्युनिस्टहरूमध्ये केहीले शान्ति र संविधानलाई नेपालको जनवादी क्रान्तिका आधारभूमि तयार गर्नका लागि एउटा जादुगरी हतियार भनेर अहिले भनि रहेका छन्, त्यसका पछाडिको वास्तविकता के हो भन्ने पत्ता पाउन नेपाली जनताले पनि चीनमा जस्तै लामो समयको प्रतिक्षा गर्नै पर्दैन् । र मुखले उनीहरुले क्रान्ति क्रान्ति त भन्दै छन् र सारमा उनीहरुका लागि क्रान्ति अव घेरै टाडाको विषय वन्दै गएको छ ।

माओले सांस्कृतिक क्रान्ति सुरू गर्दा प्रष्ट देख्नु भएको थियो कि सोभियत संघ र चीनमा पनि कम्युनिस्ट पार्टीभित्र नयाँ पुँजीपति वर्गको उदय भइरहेको थियो । तिनीहरूका लागि, अव उनीहरू शक्ति र सत्तामा थिए, क्रान्ति अव घेरै टाडाको विषय वन्दै गएको थियो । पार्टीभित्रका यीनै भावि अधिपति तथा सामन्तबाट क्रान्ति अगाडि बढन सकिरहेको छैन् भन्नेमा माओ विश्वस्त हुनुहुन्थ्यो । त्यसकारण माओले पार्टीका माथिल्लो नेतृत्वका विरूद्ध पार्टी सदस्यहरू र जनतालाई “हेडक्वार्टरमाथि बमवार्ड गर” भनेर आव्हान गर्नु भयो । यो आव्हानद्धारा उहाँले चीनलाई पुँजीवादी बाटो तर्फ लैजान कोशिस गरिरहेका ती पार्टी नेताहरूको आलोचना गर्दै र तिनलाई सत्ताच्युत गर्दै, समाजवादी नयाँ कार्यहरूको निर्माण गर्ने पहलकदमी लिन चाहानु हुन्थ्यो । किनभने माओका लागि चीनीयाँ समाजलाई क्रान्तिकारी दिशामा अगाडि बढाउनु थियो । यसका लागि माओले मार्क्सवादको गहिरो अध्यन गर्न र त्यसलाई गहिरो गरि बुझ्न आम पार्टी पङक्तिलाई आव्हान गर्नु भएको थियो । ताकि मार्क्सवाद र संशोधनवादबीचको भिन्नताबारे उनीहरूले राम्ररी बुझ्न सकुन र समाज सञ्चालनमा महत्वपुर्ण भूमिका खेल्न कैयौ सख्यामा जनतालाई लगाउन सकियोस ।

त्यसका लागि माओले “क्रान्तिभित्र क्रान्ति” भन्ने विश्व कम्युनिस्ट आन्दोलनमा त्यो भन्दा अघि कहिल्यै नसोचिएको अभियानको सञ्चालन गर्नु पर्‍यो । जव पार्टी एउटा अत्यन्त जोखिमपूर्ण अवस्थामा थियो र यसका केही नेताहरूलाई सत्ताच्युत गर्नु थियो, सर्वहारा क्रान्तिको कठिन संघर्षहरूलाई मार्गनिर्देशन गरिनुपर्ने खाँचो थियो र सश्लेषणको आवश्यकता थियो र यसकै दौरानमा पार्टीलाई पुनर्निमाणको आवश्यकता थियो, अथवा यसो नगरेमा पुँजीवादी बाटोमा लागेकाहरूको यात्रालाई रोक्न सकिने अवस्था थिएन् । त्यसका लागि माओका अगाडि “चौतर्फिरूपमा र तलैबाट सत्ता खोस्ने” अभियानलाई तेज पार्नुको विकल्प थिएन् ।

विश्व कम्युनिस्ट आन्दोलनले के सिकाएको छ भने समाजवादी समाजमा सबैभन्दा महत्वपूर्ण टक्कर आफ्नै पार्टीभित्रका नयाँ पुँजीवादीपन्थीहरु (बुजुवाजी) का इच्छाहरूको प्रतिनिधित्व गर्ने नीतिहरू र विचारहरू प्रोत्साहन गर्नेहरूकाबीचमा र सर्वहारावर्गका, श्रमिकवर्गका प्रतिनिधिहरू जसले विश्वभरका जनताबीचका सबै सम्वन्धहरूलाई क्रान्तिकारीकरण नगरीकन आफैलाई स्वतन्त्र गराउन सकिदैन् भन्नेका बिचमा हुन्छ । यो पार्टीभित्रका दुई राजनीतिक र वैचारिक लाइनहरूबीच, दुई आपसमा टक्करभइरहेका विश्वदृष्टिकोण र लक्ष्यहरू, रणनीतिहरू र नीतिहरू जसले समाजलाई विपरित दिशातीर लैजान्छ । परिणाम पार्टी स्वयम आन्तरिक संघर्षमा केन्द्रीत वन्न जान्छ ।

माओले आफ्नो मृत्युभन्दा केहि समय अगाडि भनेका निम्न भनाइहरु नेपालको वर्तमान माओवादी आन्दोलनका सन्दर्भमा पनि सान्दर्भिक छन्, जसमा उहाँले भन्नु भएको थियो “तिमीले समाजवादी क्रान्ति गरिरहेका छौ र तै पनि तिमीलाई थाहा छैन् पुँजीवादीपन्थीहरु (बुजुवाजी) कहाँ छन् । यी कम्युनिस्ट पार्टीभित्रै छन्, र ती अहिले सत्तामा छन् जसले पुँजीवादी बाटो लिइरहेका छन् ।

नेपालको सन्दर्भमा पनि माओवादी जनयुद्धलाई पराजित गराइएको छ र यसको नेतृत्व पनि माओले भनेझै अहिले सत्तामा जो छन् तिनैबाट भएको छ र जसले पुँजीवादी बाटो लिइरहेका छन् तिनैद्धारा माओवादी जनयुद्धलाई पराजित गराइएको छ । ढिलो चाडो यो स्पष्ट वन्ने छ कि आखिरमा जे जसरी भएपनि सरकारमा जान चाहनेहरु र सत्तामा बसेकाहरूले क्रान्तिका कुरा जति गरे पनि कालान्तरमा क्रान्ति विरोधी ठहरिँदै छन् । साम्राज्यवाद र विस्तारवादका दलालका रुपमा आफूलाई उभ्याउदै छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :