जाग युवा, लाग युवा

कविता

कम्युनिस्ट एकतामार्फत क्रान्तिको ढोका खोल्न जाग युवा
संसद्‌वादको डकारमा मस्त भएका ब्वाँसाहरूलाई गला काट्न जाग युवा
पुराना लुर्कनका विरुद्ध सङ्घर्ष गर्दै क्रान्तिको यात्रामा जाग युवा
राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको अग्रदस्ता हुन जाग युवा ।

दलाल सत्ताका विरुद्ध क्रान्तिकारी जीवन र भविष्य देख्न जाग युवा
क्रान्तिकारी जीवनमा सुधारवाद होइन आफ्नो युगको कम्युनिस्ट नेतृत्व हुन जाग युवा
क्रान्तिकारी रूपान्तरण सिर्जनशील, गतिशील, चेतनशील हुन जाग युवा
सङ्कीर्णता, जडसूत्रवाद, रूढिवादी पर्खाल तोडेर दलाल पुँजीवादी संसदीय व्यवस्थालाई खरानी पार्न जाग युवा ।

वैज्ञानिक समाजवादको सुन्दर बगैँचा निर्माण गर्न जाग युवा
आफ्नो देशभित्र जीवन–भविष्य सुन्दर, समृद्ध, खुसी पार्न जाग युवा
क्रान्तिलाई समाधानका रूपमा ग्रहण गर्न जाग युवा
समस्यालाई अवसर देख्न, आशावादी हुन जाग युवा ।

क्रान्तिप्रति महान् आशा, दृढ विश्वास, सुन्दर सपना, वास्तविक क्रान्ति गर्न जाग युवा
विश्वका जनताको उज्ज्वल भविष्य, सुखी जीवन, उत्कृष्ट चाहना पूरा गर्न जाग युवा
क्रान्ति सम्भव छैन भन्नेहरूका विरुद्ध क्रान्तिलाई मूल लक्ष्य बनाउन जाग युवा
फलामे पर्खालको भञ्ज्याङमा धावा बोल्दै क्रान्तिको मार्गमा अघि बढ्न जाग युवा ।

एउटा क्रान्तिले अर्को क्रान्तिलाई पछ्याउँदै क्रान्तिलाई सफल बनाउन बलिदान गर्न जाग युवा
प्द–प्रतिष्ठा केही होइन, क्रान्तिकारी युगीन कार्यभार पूरा गर्न जाग युवा
निर्णायक क्रान्तिको विचारलाई सङ्गठनमा रूपान्तरण गर्न जाग युवा
उग्र क्रान्तिकारी भड्कावका विरुद्ध वैचारिक सङ्घर्ष गर्न जाग युवा ।

जुझारु अर्थवादी दृष्टिकोणलाई परास्त गर्न जाग युवा
नयाँ वैज्ञानिक कार्यदिशा, कार्यनीति, कार्यक्रम निर्माण गरी जनताको घरघरमा पुर्याउन जाग युवा ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :