अखिल क्रान्तिकारीले त्रिविलाई दियो चेतावनी

अखिल क्रान्तिकारीले त्रिविलाई दियो चेतावनी

काठमाडौँ : अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको विज्ञान सङ्कायअन्तर्गतको Analytic geometry & vector Analysis विषयको पुनः परीक्षा गराउने निर्णय तत्काल सच्याउन गम्भीर ध्यानाकर्षण गराउँदै चेतावनी दिएको छ ।

अखिल क्रान्तिकारीका नेता गोविन्द बिष्टले दिएको जानकारीअनुसार सङ्गठनले तत्काल कार्यतालिका सार्वजनिक गरी अक्षरशः कार्यान्वयन गर्न, आगामी दिनका सबै प्रश्नपत्रहरू नेपाली भाषामा समेत निर्माण गर्न, ट्रान्सकिप्ट, प्रोभिजनललगायत प्रमाणपत्रहरू सम्बन्धित आङ्गिक कलेजबाटै दिने व्यवस्था गर्न माग गर्दै त्रिभुवन विश्वविद्ययालय परीक्षा नियन्त्रकलाई मागपत्र बुझाइएको छ । गल्ती नसुधारिएमा निर्मम सङ्घर्ष गर्ने चेतावनी सङ्गठनले दिएको छ ।

सङ्गठनले बुधबार बुझाएको मागपत्रमा आजैका मितिदेखि लागू हुने गरी त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्दै परीक्षा र नतिजासँग सम्बन्धित आगामी कार्यक्रम त्यसबाहेक नहुने गरी प्रबन्ध गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :