मजदुरको जीवनमा आमूल परिवर्तन ल्याउन सम्झौताहीन सङ्घर्षमा उत्रिन क्रान्तिकारी ट्रेड युनियन महासङ्घको आह्वान

मजदुरको जीवनमा आमूल परिवर्तन ल्याउन सम्झौताहीन सङ्घर्षमा उत्रिन क्रान्तिकारी ट्रेड युनियन महासङ्घको आह्वान

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले विज्ञप्ति जारी गरी सबै किसिमका मजदुर हकहितविरोधी शोषण, दोहन र अन्याय–अत्याचारविरुद्ध आन्दोलित हुँदै मजदुरको जीवनमा आमूल परिवर्तन ल्याउनका लागि सम्झौताहीन सङ्घर्षमा उत्रिन आह्वान गरेको छ ।
महासङ्घका अध्यक्ष विनोद थापाले जारी गरेको विज्ञप्तिमा राज्यले पछिल्लो समयमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा ६० अनुरूप र प्रदेश सवारी तथा यातायात ऐन २०७६ को केही प्रावधानअनुरुप चालक अनुमतिपत्र निलम्बनसम्म गर्ने गरेको कार्यबाट देशैभर यातायात मजदुरहरू अत्यन्तै मारमा परेकाले सङ्घर्षमा उत्रिन आह्वान गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘श्रम तथा पुँजी बजारको वर्तमान समस्याको मूल विषय भनेको एकाधिकार तथा दलाल पुँजीवादको हस्तक्षेप प्रमुख कारण बन्दै गइरहेको र यसको समाधान सम्पूर्ण श्रमजीवी मजदुरहरू हकअधिकारका लागि सङ्घर्षको मोर्चामा सामेल हुन जरुरी छ ।’

थापाले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो सङ्गठन सबै क्षेत्रका श्रमिकहरूलाई आह्वान गर्दछ– एकचोटि निर्णायक सङ्घर्षमा सहभागी बनौँ । श्रमिकविरोधी दलाल संसदीय व्यवस्थालाई बदलौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :