दलालहरूको स्वार्थअनुकूल वृद्धि गरिएको शुल्क फिर्ता नगरिए सङ्घर्ष : अखिल क्रान्तिकारी

दलालहरूको स्वार्थअनुकूल वृद्धि गरिएको शुल्क फिर्ता नगरिए सङ्घर्ष : अखिल क्रान्तिकारी

चितवन : अखिल क्रान्तिकारी चितवनले दलालहरूको स्वार्थमा परेर वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता नलिइए सङ्घर्ष सञ्चालन गर्ने चेतावनी दिएको छ ।

क्रान्तिकारीले भरतपुर महानगरपालिकाले दलाल संसदीय व्यवस्थाको संविधानले नै ग्यारेन्टी गरेको निःशुल्क शिक्षाको अधिकारलाई कुण्ठित गर्दै माघ १८ गते भरतपुर महानगरकी मेयर रेणु दाहालको उपस्थितिमा शिक्षा शाखाले निजी विद्यालयमा कक्षा ११ र १२ का विभिन्न सङ्कायमा शुल्क वृद्धि गरी अभिभावकको ढाड सेक्ने निर्णय गरेकाले अविलम्ब शुल्क वृद्धिको निर्णय फिर्ता नलिइए सङ्घर्ष सञ्चालन गर्ने चेतावनी दिएको हो ।

सङ्गठनका जिल्ला अध्यक्ष सविन खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘देशको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा हुँदा मुठीभर दलालहरूको स्वार्थअनुकूल गरिएको शुल्क वृद्धि तुरुन्त खारेज गर्न दलाल व्यवस्थाको भरतपुर महानगरलाई अनुरोध गर्दछौँ । अन्यथा हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) सङ्घर्षको कार्यक्रममा जान बाध्य हुने यसै विज्ञप्तिमार्फत जानकारी गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘भरतपुर महानगरपालिकाले दलाल संसदीय व्यवस्थाको संविधानले नै ग्यारेन्टी गरेको निःशुल्क शिक्षाको अधिकारलाई कुण्ठित गर्दै माघ १८ गते भरतपुर महानगर मेयर रेणु दाहालको उपस्थितिमा शिक्षा शाखाले निजी विद्यालयमा कक्षा ११ र १२ मा विभिन्न सङ्कायमा शुल्क वृद्धि गरी अभिभावकको ढाड सेक्ने गरी गरिएको शुल्क निर्धारणप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :