विद्याथीलाई बोझ थोपर्ने गरी हतारमा गर्न खोजिएको परीक्षामाथि पुनर्विचार गर्न अखिल क्रान्तिकारीको माग

विद्याथीलाई बोझ थोपर्ने गरी हतारमा गर्न खोजिएको परीक्षामाथि पुनर्विचार गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ/अखिल क्रान्तिकारी त्रिवि विशेष क्याम्पस समितिले विद्यार्थीलाई बोझ थोपर्ने गरी आफ्नो अक्षमता लुकाउन हतारमा गर्न खोजिएको परीक्षा विद्यार्थीको मागबमोजिम पुनर्विचार गर्न त्रिवि परीक्षा नियन्त्रकसँग माग गरेको छ ।

समितिका इन्चार्ज गोविन्द बिस्टको नेतृत्वमा परीक्षा निरीक्षकलाई बुझाइएको ज्ञापनपत्रमा त्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षको परीक्षातालिका पुस २९ गते सार्वजनिक गरेको, फागुन ७ गतेसम्म दोब्बर दस्तुरमा परीक्षा फाराम भर्ने मिति राखिएको छ तर हतार–हतार फागुन १० गते नै परीक्षा गर्ने त्रिविको निर्णय सच्याउन विद्यार्थीले लामो समयदेखि गरिरहेको आन्दोलनप्रति त्रिविले साधेको मौनताप्रति सङ्गठन गम्भीर बनेको उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘विगतदेखि कार्यतालिका व्यवस्थित गर्न नसकेको त्रिविले आफ्नो कमजोरी र अक्षमता अकस्मात् विद्यार्थीको टाउकोमा थोपरिदिने कुरा हाम्रो सङ्गठनलाई स्वीकार्य छैन । तत्काल त्रिविले वार्षिक कार्यतालिका निर्माण गरी व्यवस्थित कार्यान्वयन गर्न माग गर्दै विद्यार्थीहरूलाई बोझ थोपर्ने गरी आफ्नो अक्षमता लुकाउन हतारमा गर्न खोजिएको परीक्षा विद्यार्थीको मागबमोजिम पुनर्विचार गर्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ । अन्यथा सङ्गठन कडा सङ्घर्ष गर्न बाध्य हुनेछ ।’

ज्ञापनपत्रको पूर्ण विवरण यसप्रकार छ :

श्री परीक्षा नियन्त्रकज्यू,
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय
बल्खु, काठमाडौं ।

                                            विषय : ज्ञापनपत्र ।

हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) स्थापना कालदेखि नै विद्यार्थीहरूको हक, अधिकारको रक्षा र शैक्षिक रूपान्तरणको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको विषय जगजाहेर नै छ । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले शैक्षिक कार्यतालिकाअनुसार अध्ययन, अध्यापन, समयमै परीक्षा, उत्तरपुस्तिकाको संरक्षण र परीक्षाफल प्रकाशन गर्न नसकेको कारणले त्रिभुवन विश्वविद्यालय धराशयी बन्दै गइरहेको छ जसले विद्यार्थीहरूमा चरम निराशा उत्पन्न भइरहेको छ ।

यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षको परीक्षातालिका पुस २९ गते सार्वजनिक ग¥यो । फागुन ७ गतेसम्म दोब्बर दस्तुरमा परीक्षा फाराम भर्ने मिति राखिएको छ तर हतार–हतार फागुन १० गते नै परीक्षा गर्ने त्रिविको निर्णय सच्याउन विद्यार्थीले लामो समयदेखि गरिरहेको आन्दोलनप्रति त्रिविले साधेको मौनताप्रति हाम्रो सङ्गठन गम्भीर बनेको छ । विगतदेखि कार्यतालिका व्यवस्थित गर्न नसकेको त्रिविले आफ्नो कमजोरी र अक्षमता अकस्मात् विद्यार्थीको टाउकोमा थोपरिदिने कुरा हाम्रो सङ्गठनलाई स्वीकार्य छैन । तत्काल त्रिविले वार्षिक कार्यतालिका निर्माण गरी व्यवस्थित कार्यान्वयन गर्न माग गर्दै विद्याथीहरूलाई बोझ थोपर्ने गरी आफ्नो अक्षमता लुकाउन हतारमा गर्न खोजिएको परीक्षा विद्यार्थीको मागबमोजिम पुनर्विचार गर्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ । अन्यथा सङ्गठन कडा सङ्घर्ष गर्न बाध्य हुनेछ ।

                                           क्रान्तिकारी अभिवादनसहित !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :