नेकपा (बहुमत) चितवनद्वारा महेश्वरी अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा (बहुमत) चितवनद्वारा महेश्वरी अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनले जिल्ला सम्मेलन आयोजक समितिका सदस्य सागर अधिकारीको बुवा महेश्वरी अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । बुधबार पार्टीका सचिवालय सदस्य गुणराज लोहनी, चितवन जिल्ला इन्चार्ज महेश, जिल्ला संयोजक विजय शर्मा, मकवानपुर जिल्ला इन्चार्ज ध्रुव, नवलपरासी जिल्ला इन्चार्ज शितल, भरतपुर महानगर इन्चार्ज र संयोजकलगायत जिल्लाका नेता तथा कार्यकर्ताले पितृशोकमा परेका सागर अधिकारीलाई भरतपुर महानगरपालिकास्थित उनकै निवासमा पुगेर समवेदना र महेश्वरी अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

पार्टीका सचिवालय सदस्य गुणराज लोहनी, चितवन जिल्ला इन्चार्ज महेशलगायतले ७३ वर्षको उमेरमा निधन भएका महेश्वरी अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसहित समवेदना व्यक्त गर्दै चितवन जिल्ला सम्मेलन आयोजक समितिका सदस्य सागर अधिकारीलाई समवदेनापत्र हस्तान्तरण गरेका थिए । सागर अधिकारीले समवेदनापत्र ग्रहण गर्दै बुवा महेश्वरी अधिकारीको स्मृति सभामा आफ्नो निमान्त्रणालाई स्वीकार गर्दै पार्टीका तर्फबाट सौहार्दपूर्ण उपस्थिति भइदिएकोमा धन्यवादसमेत व्यक्त गरे ।

समवेदनापत्रमा भनिएको छ, ‘हाम्रो पार्टीका जिल्ला सम्मेलन आयोजक समितिका सदस्य श्री सागर अधिकारीका बुवा महेश्वरी अधिकारीको मिति २०७९ माघ २ गतेका दिन ७३ वर्षको उमेरमा भएको दुःखद् निधनले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) स्तव्ध एवम् मर्माहत भएको छ । यस दुःखद् घडीमा सम्पूर्ण शोकाकुल परिवारजनमा शोकलाई शक्तिमा बदल्ने हिम्मत प्राप्त होस् भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै समवेदना व्यक्त गर्दछौँ ।’

उक्त श्रद्धाञ्जली सभामा पार्टीका सचिवालय सदस्य गुणराज लोहनी, चितवन जिल्ला इन्चार्ज महेश, जिल्ला संयोजक विजय शर्मा, मकवानपुर जिल्ला इन्चार्ज ध्रुव, नवलपरासी जिल्ला इन्चार्ज शितल, भरतपुर महानगर इन्चार्ज र संयोजकलगायत जिल्लाका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई चितवन जिल्ला संयोजक विजय शर्माले सञ्चालन तथा हार्दिक श्रद्धाञ्जली समवेदनापत्र वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :