युवा जनस्वयमसेवकद्वारा गिरफ्तार नेता–कार्यकर्ताहरूलाई बिनासर्त रिहा गर्न माग

युवा जनस्वयमसेवकद्वारा गिरफ्तार नेता–कार्यकर्ताहरूलाई बिनासर्त रिहा गर्न माग

काठमाडौँ : युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय अध्यक्ष हरिश भट्टले दलाल संसदीय व्यवस्थाको चुनाव अवज्ञा आन्दोलनका क्रममा गिरफ्तार गरिएका सङ्गठनका कञ्चनपुर जिल्ला इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र ऐरी, जिल्ला सदस्य सुरत मल्ल, स्याङ्जा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य निसानबाबु पुन, जाजरकोट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पदम हमाल, कास्की जिल्ला कोषाध्यक्ष सूर्य परियारसहित सम्पूर्ण नेता–कार्यकर्तालाई बिनासर्त अविलम्ब रिहा गर्न माग गरेका छन् ।

भट्टले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बन्दुकको नालमुनि मतपेटिका राखेर भ्रष्टहरू नवीकरण गर्ने नाटक चुनाव मञ्चन गरिएको छ । हामी स्पष्ट छौँ– समाजवादी क्रान्तिबिना भ्रष्टहरू सत्तामा नवीकरण गर्ने गोलचक्कर प्रक्रियाले राष्ट्र र राष्ट्रियता तथा जनताका समस्याको निकास दिनेछैन ।’

अध्यक्ष भट्टले जारी गरेको विज्ञप्तिको पूर्ण विवरण यसप्रकार छ :

‘नेपाली युवाहरूको प्रिय सङ्गठन युवा जनस्वयम्सेवक नेपाल देशमा व्याप्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक समस्याहरूविरुद्ध निरन्तर लड्दै आएको कुरा सर्वविदितै छ । राष्ट्र र जनतामाथि संसदीय व्यवस्थाले थोपरेका समस्याहरू समाजवादी क्रान्तिमार्फत समाधान दिने कुरामा हामी दृढ र प्रतिबद्ध छौँ ।

सङ्गठनका सम्पूर्ण कमरेडहरू निरन्तर जनता र राष्ट्रहितको काममा खटिराखेका छन् । दलाल संसदीय व्यवस्थाले राष्ट्र, राष्ट्रियता र जनतामाथि समस्या थोपर्नेशिवाय केही गरेको छैन । ७५ लाख युवाहरूले खाडी मुलुकमा रगत–पसिना बगाएर पठाएको रेमिट्यान्सले देशको सङ्कटग्रस्त अर्थतन्त्रमा टालो हाल्ने र अर्थतन्त्र धान्ने काम गरिएको छ । २५ प्रतिशतभन्दा बढी युवा मतदाता खाडीमा रहेको तथ्याङ्क छ भने दैनिक २८०० भन्दा बढी युवा जनशक्ति बिदेसिइरहेको विडम्बना हाम्रो आँखाअगाडि छ । आज मात्र सम्पन्न संसदीय निर्वाचनप्रति देखिएको जनताको वितृष्णाले प्रस्ट पार्दछ– यो व्यवस्था पूर्ण रूपमा असफल भइसक्यो । उत्साहका साथ निर्वाचन अवज्ञामा सामेल सम्पूर्ण न्यायप्रेमी अग्रगमनकारी जनसमुदायमा हार्दिक धन्यवादसमेत अर्पण गर्दछौँ ।

बन्दुकको नालमुनि मतपेटिका राखेर भ्रष्टहरू नवीकरण गर्ने नाटक चुनाव मञ्चन गरिएको छ । हामी स्पष्ट छौँ– समाजवादी क्रान्तिबिना भ्रष्टहरू सत्तामा नवीकरण गर्ने गोलचक्कर प्रक्रियाले राष्ट्र र राष्ट्रियता तथा जनताका समस्याको निकास दिनेछैन । हामीले प्रस्टै भनेका थियौँ– दलाल संसदीय व्यवस्थाले घोषणा गरेको निर्वाचन अवज्ञाकै क्रममा हाम्रो सङ्गठनका कञ्चनपुर जिल्ला इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य क. दीपेन्द्र ऐरी, जिल्ला सदस्य सुरत मल्ल, स्याङ्जा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य क. निसानबाबु पुन, जाजरकोट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पदम हमाल, कास्की जिल्ला कोषाध्यक्ष क. सूर्य परियारलाई सामान्य राजनीतिक कार्यक्रममा सहभागी भएकैले बिनाकारण गिरफ्तार गरिएको छ ।

आफ्नो मत/फरक मत निर्धक्क राख्न पाउने र संसद्वादीहरूले दुहाइ दिएर नथाक्ने लोकतन्त्रको समेत धज्जी उडाएर गरिएको कमरेडहरूको गिरफ्तारीको घोर भत्र्सना गर्दछौँ । बिनाकारण देशभरिबाट गिरफ्तार गरिएका कमरेडहरूको यथाशीघ्र रिहाइको माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :