चुनाव सम्बन्धी धारणा सार्वजनिक गर्न क्रान्तिकारीले पत्रकार सम्मेलन गर्दै

चुनाव सम्बन्धी धारणा सार्वजनिक गर्न क्रान्तिकारीले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ: नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र नेकपा(क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आउदै गरेको संसदीय निर्वाचन वहिस्कार तथा अवज्ञाबारे पत्रकार सम्मेलन गर्दैछन् ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन वहिस्कार तथा अवज्ञाबारे संगठनको आधिकारीक धारणा सार्वजनिक गर्न आज शुक्रबार दिउसो १ बजे काठमाडौँको अनामनगरमा रहेको संबाद डबलीमा दुई विद्यार्थी संगठनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

बहुमत निकट अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राई र क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले हिजो बिहिबार संयुक्त विज्ञप्ति जारी गरी पत्रकार सम्मेलन हुन लागेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :