सुर्खेतमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

सुर्खेतमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) सहितका ४ दलको संयुक्त आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा निर्वाचन बहिष्कार तथा अबज्ञा सभा सम्पन्न भएको छ । नेकपा(क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा सम्पन्न उक्त सभामा चार पार्टीका नेताहरुले सम्बोधन गर्दै निर्वाचन अवज्ञा तथा बहिस्कारको बारेमा आआफ्नो धारणा राखेका थिए ।

सभामा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देजमोका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले आसन्न संसदीय व्यवस्थाको निर्वाचनको कुनै औचित्य नरहेको र यो चुनाव राष्ट्रको ढुकुटि सक्ने, जनता र देशलाई कमजोर बनाउन अर्बौ रकम खर्च गर्ने जनराष्ट्रघाती भएको भन्दै यो चुनाव अवज्ञा तथा बहिस्कार गर्नुपर्ने बताए ।
नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’, ले यो संसदीय चुनाव जनताको पक्षमा नभएर केवल व्यापार मात्र भएको भन्दै यो व्यवस्था जनताको व्यवस्था नभएको कारण यो व्यवस्थामा जसले जितेपनि परिणाम एउटै हुने भएको कारण यो दलाल पुँजीवादी व्यवस्थाको विकल्प जरुरी भैसकेको बताए । यो व्यवस्थामा पुँजीपति वर्गको एकाधिकार हुने भएको कारण नेपालको राष्ट्रियता र राष्ट्रको पक्षमा काम गर्ने जनताको स्वाधिन संयुक्त सरकार चाहिएको बताए । कार्यक्रममा नेकपा (मशाल) का केन्द्रीय प्रतिनिधि गौरीलाल कार्की र माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पालले पनि सम्बोधन गरेका थिए । बिरेन्द्रनगरको मङ्लगडी चोकबाट सुरु भएको र्याली पिपल चौतारामा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्ने अन्य नेताहरुले ४ दलिय नेताहरुले यो व्यवस्था पुर्णरुपले असफल भई जिर्ण अवस्थामा पुगि सकेको र अबको विकल्प देशभक्त र क्रान्तिकारीहरुको संयुक्त सहभागिता सहितको समाजवादी व्यवस्था भएको बताएका छन ।

बिहिबार सम्पन्न कार्यक्रमको अध्यक्षता नेकपा (बहुमत) का भेरी कर्णाली सह-इन्चार्ज हिमालले गरेको थिए भने संचालन नेकपा (क्रान्तिकारी माओवादी) का ६ नम्बर प्रदेश सक्रेटरी दिपक शाहीले गरेका थिए । कार्यक्रममा माओवादी कम्युनिस्ट पार्टी नेपाल ६ नम्बर प्रदेश इन्चार्ज लोकेन्द्र थापाले स्वागत भाषण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :