महिला सङ्गठनद्वारा मनकुमारीप्रति श्रद्धाञ्जली व्यक्त

महिला सङ्गठनद्वारा मनकुमारीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : अखिल नेपाल महिला सङ्गठनकी अध्यक्ष अञ्जना तामाङले समवेदना वक्तव्य जारी गर्दै धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका ४ वीरेन्द्र बजार टोलमा बसोबास गर्दै आएकी सङ्गठनकी केन्द्रीय सदस्य तथा मधेस ब्युरो संयोजक लक्ष्मी पाण्डेकी हजूरआमा मनकुमारी पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेकी छिन् । उनले वक्तव्यमा शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गरेकी छिन् ।
मनकुमारी पाण्डेको स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सङ्गठनकी कोषाध्यक्ष भक्तिमाया रेग्मी मगरले परिवारका सदस्यहरूलाई सङ्गठनका तर्फबाट समवेदनापत्र हस्तान्तरण गरेकी थिइन् ।

सङ्गठनकी ब्युरो संयोजक लक्ष्मी पाण्डेकी हजूरआमा मनकुमारीको ६० वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :