विप्लवका पत्रकार नेकपा (बहुमत) मा समाहित

दाङ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल दाङका सहसचिव द्रोण केसीले विद्रोह गर्दै नेकपा (बहुमत) निकट पत्रकार सङ्गठनमा आबद्ध भएको घोषणा गरेका छन् ।

केसीले सोमबार सूचना जारी गरी आफूले विप्लव समूहका सबै जिम्मेवारीबाट राजीनामा दिँदै उक्त सङ्गठन र पार्टी छाडेको घोषणा गरेका हुन् । उनले आफू नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट जनपत्रकार सङ्गठन नेपाल दाङको सम्मेलन आयोजक समितिमा समाहित भएको घोषणा पनि गरेका छन् । थारकोट अनलाइनबाट आफ्नो धारणा सार्वजनिक गरी केसीले उक्त पार्टी र सङ्गठन छाडेको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘नेकपा (विप्लव) को पार्टी हैसियत र सो पार्टीको भ्रातृ सङ्गठन जनपत्रकार सङ्गठन नेपाल दाङको जिल्ला सहसचिवको जिम्मेवारी र पार्टी परित्याग गरेको घोषणा गर्दछु । लामो समयदेखि पार्टीको सङ्गठनकै लागि घाम, पानीलगायत कोहीकसैको पनि परबाह नगरी पार्टी तथा सङ्गठनले दिएको जिम्मेवारी सक्रियताका साथ पूरा गर्दै आएको सबैलाई विदितै छ । तर मैले लामो समयसम्म पार्टीमा रहेर काम गर्दा सो पार्टी तथा पार्टीको भ्रातृ सङ्गठन जनपत्रकार सङ्गठन नेपाल दाङका नेता तथा कार्यकर्तामा कम्युनिस्टको गुण पाइँनँ ।’

उनले लेखेका छन्, ‘उनीहरुसँग रही नेपाल कम्युनिस्ट पार्टी विप्लव र सोको भातृ सङ्गठन जनपत्रकार सङ्गठन नेपाल दाङ जिल्ला सहसचिवको सम्पूर्ण हैसियत तथा जिम्मेवारीबाट निस्किँदै आजका मितिदेखि पार्टी परित्याग गरेको घोषणा गरेको हुँ । साथै आजका मितिदेखि विप्लव पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र सो पार्टीको भ्रातृ सङ्गठन जनपत्रकार सङ्गठन नेपाल दाङको जिल्ला सम्मेलन आयोजक समितिमा समाहित भएको सबैमा घोषणा गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :