नेकपा (बहुमत) को घोराही नगरभेला तयारी समितिको बैठक सम्पन्न

नेकपा (बहुमत) को घोराही नगरभेला तयारी समितिको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) घोराही नगरभेला आयोजक समितिको तयारी पूर्ण बैठक सम्पन्न भएको छ ।

नगरभेला तयारीका लागि नगरभित्रका सम्पूर्ण वडाहरूमा वडा कमिटी, इकाई कमिटी गठन गरिने जनताहरूसँग भेटघाट गर्ने, जनताहरूका जनजिबिका मुद्दाहरूमा छलफल गर्ने, पार्टीको नीति, कार्यक्रमहरू जनताहरूलाई बुझाउने, लघुबित्तिय र मिटर ब्याजीहरूले जनताहरूलाई गरिरहेको ब्रह्मलुटबिरुद्ध भण्डाफोर गर्ने लगायका निर्णय गरिएको घोराही नगर समितिले जनाएको छ ।

आइतबार घोराहीमा बसेको बैठकमा पार्टी दाङ जिल्ला इन्चार्ज तिलक, जिल्ला संयोजक बिरेन्द्र लगायतको उपस्थिति रहेक थियो भने बैठकको अध्यक्षता घोराही नगर इन्चार्ज हिमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :